झापामा १० महिनामा तीन वटा हात्तीको मृत्यु

सन्तोष शर्माझापा, २० जेठ । झापाको कमल गाउँपालिका–३ मा गए राति करेन्ट लागेर एक वटा जंगली हात्तीको मृत्यु भएको छ । कमल–३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा एक वटा हात्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । हात्तीले बिजुलीको पोलमा धकेल्दा मागिको तार सर्ट भएर हात्तीलाई करेन्ट लागेको प्रहरीले [...] The post झापामा १० महिनामा तीन वटा हात्तीको मृत्यु appeared first on Jhapa Online.

Jun 3, 2025 - 07:05
 0
झापामा १० महिनामा तीन वटा हात्तीको मृत्यु

सन्तोष शर्मा
झापा, २० जेठ ।
झापाको कमल गाउँपालिका–३ मा गए राति करेन्ट लागेर एक वटा जंगली हात्तीको मृत्यु भएको छ ।

कमल–३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा एक वटा हात्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

हात्तीले बिजुलीको पोलमा धकेल्दा मागिको तार सर्ट भएर हात्तीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर सुड र एक वटा दारा जलेर हात्तीको घटनास्थलमै मृत्यु भएको हो । कानूनी प्रक्रियाका लागि घटनास्थलमा सव डिभिजन वन कार्यालय चुलाचुलीबाट टोली खटिएको सूचना अधिकारी खड्काले बताउनुभयो ।

यता, योसँगै झापा चालू आर्थिक वर्ष २०८१/०८२ को हालसम्म तीन वटा हात्तीको मृत्यु भएको छ ।

कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वनमा एक वटा र बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँच पोखरी सामुदायिक वनमा एक वटा हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय झापाका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो ।

The post झापामा १० महिनामा तीन वटा हात्तीको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register