सहायता सामग्री लिन आएका २७ प्यालेस्टिनीको गोली हानी हत्या गरिएको हमासको दाबी, इजरायलद्वारा अस्वीकार

गाजा । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दक्षिणी गाजामा सहायता सामग्री लिन आएका प्यालेस्टिनीमाथि इजरायलले गोली हानेको बताएको छ । गोली प्रहारबाट मंगलबार २७ जनाको मृत्यु तथा ९० जना घाइते भएको मन्त्रालयको दाबी छ । घाइतेमध्ये केहीको अवस्था ‘गम्भीर’ रहेको बीबीसीको समाचारमा जनाइएको छ । ‘यो घटना दक्षिणी रफाहमा मंगलबार भएको हो,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, […]

Jun 3, 2025 - 11:44
 0
सहायता सामग्री लिन आएका २७ प्यालेस्टिनीको गोली हानी हत्या गरिएको हमासको दाबी, इजरायलद्वारा अस्वीकार

गाजा । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दक्षिणी गाजामा सहायता सामग्री लिन आएका प्यालेस्टिनीमाथि इजरायलले गोली हानेको बताएको छ । गोली प्रहारबाट मंगलबार २७ जनाको मृत्यु तथा ९० जना घाइते भएको मन्त्रालयको दाबी छ ।

घाइतेमध्ये केहीको अवस्था ‘गम्भीर’ रहेको बीबीसीको समाचारमा जनाइएको छ ।

‘यो घटना दक्षिणी रफाहमा मंगलबार भएको हो,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘जहाँ सहायता सामग्री वितरण केन्द्रमा केही विवादपछि गोली चलाइएको थियो । आइतबार पनि यस्तै घटना भएको थियो ।’

यसअघि गाजाको नागरिक रक्षा एजेन्सीले सहायता सामग्री वितरण केन्द्रमा ३१ जनाको मृत्यु भएको बताएको थियो । एजेन्सीले इजरायली सेनाले सहयोग लिन आएका मानिसहरूमाथि गोली चलाएको बताएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले रफाहस्थित आफ्नो अस्पतालमा आइतबार ठूलो संख्यामा घाइतेहरू आएको बताएको छ । जसमध्ये २१ जनाको मृत्यु भएको छ ।

अर्कोतर्फ, इजरायली रक्षा बलले भने सहायता सामग्री लिन आएका प्यालेस्टिनीमाथि गोली हानिएको आरोप अस्वीकार गरेको छ । ‘मद्दत माग्न आएका वा आउँदै गरेकाहरूमाथि गोली नचलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उसले भनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register