तनावका बीचमा भारत र पाकिस्तानका सुरक्षा सल्लाहकारबीच सम्पर्क

भारत र पाकिस्तानबीच तनाव बढेका बेला दुई देशका राष्ट्रिय सुरक्षा सल्लाहकारबीच सम्पर्क भएको छ । पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले नयाँ दिल्लीको अकारण मिसाइल आक्रमणपछि पाकिस्तान र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू (एनएसए) बीच कुराकानी भएको पुष्टि गरेको पाकिस्तानी सञ्चार माध्यम जियो न्युजले जनाएको छ । ‘हो, दुईबीच सम्पर्क भएको छ,’ उनले टीआरटी वर्ल्डसँग भारतको […]

May 8, 2025 - 10:57
 0
तनावका बीचमा भारत र पाकिस्तानका सुरक्षा सल्लाहकारबीच सम्पर्क

भारत र पाकिस्तानबीच तनाव बढेका बेला दुई देशका राष्ट्रिय सुरक्षा सल्लाहकारबीच सम्पर्क भएको छ । पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले नयाँ दिल्लीको अकारण मिसाइल आक्रमणपछि पाकिस्तान र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू (एनएसए) बीच कुराकानी भएको पुष्टि गरेको पाकिस्तानी सञ्चार माध्यम जियो न्युजले जनाएको छ ।

‘हो, दुईबीच सम्पर्क भएको छ,’ उनले टीआरटी वर्ल्डसँग भारतको रातभरको आक्रमणपछि एनएसएहरूले सम्पर्क गरेको हो कि भन्ने प्रश्नको जवाफमा भने । तर उनीहरूबीच के कुरा भयो भन्ने उनले खुलाएका छैनन् ।

भारतले मंगलबार राति पाकिस्तान र पाकिस्तान नियन्त्रित जम्मू कश्मीरमा आक्रमण गरेको थियो । इस्लामाबादले यसलाई ‘नाङ्गो युद्धको कार्य’ भनेको छ भने नयाँ दिल्लीले आतंकवादी अखडामा आक्रमण भनेको छ । गत महिना भारत प्रशासित जम्मू कश्मीरमा पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि दुई आणविक हतियार सम्पन्न छिमेकीहरूबीच तनाव चुलिएको छ ।

बुधबार रातभर पनि भारतीय सेनाले पाकिस्तानमा ड्रोन आक्रमण गरेको दुवैतर्फबाट पुष्टि भएको छ । भारतीय पक्षले ड्रोन आक्रमणमा पाकिस्तानी एयर डिफेन्स सिस्टम ध्वस्त पारिएको दाबी गरेको छ भने पाकिस्तानी सेनाले इजरायलमा बनेका २५ वटा ड्रोन खसालको दाबी गरेको छ । लाहोरमा बुधबार बिहानै विस्फोटको घटना भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register