जोशीले सम्हाले कमान्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले पदभार ग्रहण गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरार्गाइंले प्रमुखको जिम्मेवारी दिएलगत्तै मंगलवार साँझ ५ बजे पदभार ग्रहण गर्नुभएको हो । कमान्ड सम्हाल्दै उहाँले आफ्नो जिम्मेवारीअनुसार सुरक्षा व्यवस्था कायम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘आफूले पाएको जिम्मेवारी पूरा गर्नेछु ।’ प्रहरी प्रमुख जोशीलाई वरिष्ठताको आधारमा कामपा […]

Jun 4, 2025 - 02:36
 0
जोशीले सम्हाले कमान्ड

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले पदभार ग्रहण गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरार्गाइंले प्रमुखको जिम्मेवारी दिएलगत्तै मंगलवार साँझ ५ बजे पदभार ग्रहण गर्नुभएको हो । कमान्ड सम्हाल्दै उहाँले आफ्नो जिम्मेवारीअनुसार सुरक्षा व्यवस्था कायम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘आफूले पाएको जिम्मेवारी पूरा गर्नेछु ।’ प्रहरी प्रमुख जोशीलाई वरिष्ठताको आधारमा कामपा प्रहरी बलको जिम्मेवारी दिएको हो ।

प्रपअ गुरागाईंले दिएको पत्रमा भनिएको छ– ‘तपार्इंलाई अर्को आदेश वा व्यवस्था नभएसम्म आजकै मितिबाट लागू हुने गरी कामपा महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी तोकिएको छ । तोकिएको जिम्मेवारीमा रही कामकाज गर्नुहुन निर्देशन छ ।’ सो पत्रको बोधार्थ मेयर, उपमेयर, प्रशासन विभाग र कामपा प्रहरी बललाई दिइएको छ । काठमाडौं प्लाजामा रहेका प्रहरी प्रमुख जोशीले वागदरबार मुख्यालयमा पुगेर कमान्ड सम्हाल्नुभएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register