ट्रम्पको कर विधेयकबारे मस्क- ‘घृणित र आपत्तिजनक’

एजेन्सी । एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  कर तथा खर्च विधेयकलाई ‘घृणित र आपत्तिजनक’ भन्दै कडा आलोचना गरेका छन्। ट्रम्पको दोस्रो कार्यकालको एजेन्डाको मुख्य आधारस्तम्भ मानिएको यस विधेयकबारे मस्कले एक्समा लेखेका छन्, ‘यसको पक्षमा मतदान गर्नेहरू लाजमर्दो हुन्।’ सरकार छोडेपछि ट्रम्पसँग उनको यो पहिलो सार्वजनिक टिप्पणी हो। यसअघि उनले यस योजनालाई “निराशाजनक” भनेका थिए। […]

Jun 4, 2025 - 05:10
 0
ट्रम्पको कर विधेयकबारे मस्क- ‘घृणित र आपत्तिजनक’

एजेन्सी । एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  कर तथा खर्च विधेयकलाई ‘घृणित र आपत्तिजनक’ भन्दै कडा आलोचना गरेका छन्।

ट्रम्पको दोस्रो कार्यकालको एजेन्डाको मुख्य आधारस्तम्भ मानिएको यस विधेयकबारे मस्कले एक्समा लेखेका छन्, ‘यसको पक्षमा मतदान गर्नेहरू लाजमर्दो हुन्।’

सरकार छोडेपछि ट्रम्पसँग उनको यो पहिलो सार्वजनिक टिप्पणी हो। यसअघि उनले यस योजनालाई “निराशाजनक” भनेका थिए। यस टिप्पणीले यी दुई सहयोगीबीचको सम्बन्धमा थप दरार उत्पन्न गरेको बीबीसीले बताएको छ ।

करोडौँ डलरको कर छुट र रक्षा खर्च वृद्धि समावेश भएको यो बजेट विधेयकले अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति दिन्छ। यो विधेयक गत महिना प्रतिनिधि सभाबाट पारित भएको थियो।

यसअघि ट्रम्पको एजेन्डाको विरुद्धमा मतदान गर्ने कुनै पनि रिपब्लिकन विरुद्ध चुनावी अभियानमा लगानी गर्ने वाचा गरेका मस्कले अर्को पोस्टमा राजनीतिक चेतावनी पनि दिएका छन्। उनले लेखेका छन्, ‘अर्को वर्ष नोभेम्बरमा, हामी अमेरिकी जनतालाई धोका दिने सबै राजनीतिज्ञहरूलाई बर्खास्त गर्नेछौं।’

मस्कले आफ्नो टोली ‘डोज’ सँग लागत घटाउने काम गरेर १२९ दिनपछि मे ३१ मा  प्रशासन छोडेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register