नेपाल भर्सेस नेदरल्यान्ड्स : हेड टू हेडमा कुन बलियो ?

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल र नेदरल्यान्ड्सबीचको खेल पौने ४ बजे सुरु हुँदैछ । खेल स्कटल्याण्डको डन्डीमा हुनेछ । नेपाली टोली दोस्रो खेलमा पनि जित हासिल गर्ने योजनामा छ । नेदरल्यान्ड्स भने सिरिज जितको साथ सुरु गर्न चाहन्छ । लिग–२ मा नेपाल र नेदरल्यान्ड्स ‘नेक टू नेक’ टोलीका रुपमा चिनिन्छन् । आईसीसी […]

Jun 4, 2025 - 08:10
 0
नेपाल भर्सेस नेदरल्यान्ड्स : हेड टू हेडमा कुन बलियो ?

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल र नेदरल्यान्ड्सबीचको खेल पौने ४ बजे सुरु हुँदैछ । खेल स्कटल्याण्डको डन्डीमा हुनेछ ।

नेपाली टोली दोस्रो खेलमा पनि जित हासिल गर्ने योजनामा छ । नेदरल्यान्ड्स भने सिरिज जितको साथ सुरु गर्न चाहन्छ । लिग–२ मा नेपाल र नेदरल्यान्ड्स ‘नेक टू नेक’ टोलीका रुपमा चिनिन्छन् ।

आईसीसी वरियतामा नेदरल्यान्ड्स १४औं स्थानमा छ । नेपाल भने १७औं स्थानमा छ । नेपाल र नेदरल्यान्ड्सबीचको पछिल्लो ५ खेललाई हेर्दा नेदरल्यान्ड्स बलियो देखिएको छ । यद्यपि, स्कटल्याण्डलाई १ विकेटले हराएको नेपाल भने उच्च मनोबलको साथमा प्रतिस्पर्धामा उत्रिने देखिन्छ ।

पछिल्लो ५ खेलमा नेदरल्यान्ड्सले ३ तथा नेपालले २ मा जित हासिल गरेको थियो ।

सन् २०२४ मा नेदरल्यान्ड्स र नेपालबीच २ खेल भएको थियो । १७ फेब्रुअरीमा कीर्तिपुरमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । २५ फेब्रुअरीमा भएको खेलमा भने नेदरल्यान्ड्सले नेपाललाई ८ विकेटले पराजित गरेको थियो ।

सन् २०२३ मा आईसीसी क्रिकेट विश्वकप छनोटको जुन २४ मा जिम्बाब्वेमा भएका खेलमा नेदल्याण्ड्सले नेपाललाई ७ विकेटले पराजित गरेको थियो ।

सन् २०१८ मा नेपालले इङ्ल्याण्ड र नेदरल्यान्ड्स भ्रमण गरेको थियो । जसमा नेपाल र नेदरल्यान्ड्सबीच भने २ एकदिवसीय खेल भएको थियो । १ अगस्टमा भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई ५५ रनले हराएको थियो भने ३ अगस्टमा भएको खेलमा भने नेपाल १ रनले विजयी भएको थियो ।

लिग-२ को अङ्क तालिकामा नेदरल्यान्ड्स २६ अङ्कसहित दोस्रो स्थानमा छ । उसले २० खेलमध्ये १२ मा जित र ६ मा हार व्यहोरेको छ । यता, १३ खेलमध्ये ३ मा जित र ८ मा पराजित भएको नेपाल अङ्क तालिकामा सातौं स्थानमा छ ।

पछिल्लो ५ खेलमा नेपालले २ मा जित हासिल गरेको छ । जसमध्ये २ खेलमा नेपाल पराजित भयो भने एउटा खेल नतिजाविहिन भयो । नेदरल्यान्ड्सले भने ४ खेलमा जित हासिल गर्दा एक खेल हारेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register