रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् । गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै लामिछानेले आइतबार निवदेन दर्ता गरेका हुन् । उनले आफूलाई प्रचलित कानुनविपरित थुनामा राखिएको निवेदनमा उल्लेख गरेका छन् । हाल लामिछाने रुपन्देही कारागारमा छन् । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई १ करोड […]

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् ।
गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै लामिछानेले आइतबार निवदेन दर्ता गरेका हुन् । उनले आफूलाई प्रचलित कानुनविपरित थुनामा राखिएको निवेदनमा उल्लेख गरेका छन् ।
हाल लामिछाने रुपन्देही कारागारमा छन् । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई १ करोड धरौटीमा रिहा गरेको थियो । उक्त आदेश उच्च अदालतले चैत २२ गते बदर गरेर थुनामै पठाउन भनेको थियो ।
यसअघि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्चमा पुनरावेदन दिएका थिए । उक्त निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।
What's Your Reaction?






