जर्मनीसँग ठूला प्रतियोगितामा लगातार पाँच हारको बदला लिने दाउमा पोर्चुगल

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा आज (बुधबार) राति घरेलु टोली जर्मनी र पोर्चुगल भिड्दैछन् । फाइनल प्रवेशका लागि हुन लागेको यस भिडन्त नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे म्युनिखस्थित एलियाज रंगशालामा हुनेछ । नेशन्स लिगको पहिलो संस्करण जितिसकेको पोर्चुगल फेरि उपाधि होडमा फर्किएको छ । क्वार्टरफाइनलमा डेनमार्कलाई दुई खेलको समग्र नतिजामा ५–३ ले […]

Jun 4, 2025 - 10:28
 0
जर्मनीसँग ठूला प्रतियोगितामा लगातार पाँच हारको बदला लिने दाउमा पोर्चुगल

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा आज (बुधबार) राति घरेलु टोली जर्मनी र पोर्चुगल भिड्दैछन् । फाइनल प्रवेशका लागि हुन लागेको यस भिडन्त नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे म्युनिखस्थित एलियाज रंगशालामा हुनेछ ।

नेशन्स लिगको पहिलो संस्करण जितिसकेको पोर्चुगल फेरि उपाधि होडमा फर्किएको छ । क्वार्टरफाइनलमा डेनमार्कलाई दुई खेलको समग्र नतिजामा ५–३ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको पोर्चुगलले पहिलो लेगमा १–० गोलअन्तरको हार व्यहोरेको थियो । तर, दोस्रो लेगमा अतिरिक्त समयसम्म संघर्ष गर्दै उनीहरूले ५–२ जित निकालेका थिए ।

जर्मनीका लागि भने यो पहिलो नेसन्स लिग सेमिफाइनल हो । हालैका दिनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको जर्मन टोलीले इटालीविरुद्धको ऐतिहासिक जितपछि अन्तिम चारमा स्थान पक्का गरेको हो ।

जुलियन नागेल्सम्यानको प्रशिक्षणमा रहेको जर्मन टोली हाल आठ खेलसम्म अपराजित यात्रा गर्दै आएको छ । उनले आफ्नो पुरानो क्लब आरबी लाइपजिग र बायर्न म्युनिखमा देखाएको सफलताको झल्को जर्मनीको राष्ट्रिय टोलीमा पनि देखाएका छन् । गत वर्षको युरोकपमा घरेलु मैदानमा प्रभावशाली प्रदर्शन गरेको जर्मनी अन्ततः स्पेनसँग क्वार्टरफाइनलमा हार्दै बाहिरिएको थियो ।

दोस्रोतर्फ, पोर्चुगलको प्रदर्शन युरोकपमा औसत रह्यो । उनीहरू पनि क्वार्टरफाइनलमै फ्रान्ससँग पेनाल्टीमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका थिए ।

पछिल्ला ठूला प्रतियोगिता जर्मनी पोर्चुगलमाथि शतप्रतिशत हाबी हुँदै आएको छ । सन् २००६ यताका पाँच खेलमा सबैमा जर्मनीले जित हासिल गरेको छ । २००६ को विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा जर्मनीले पोर्चुगललाई ३–१ गोलअन्तरले हराएको थियो । त्यसपछि २००८ को युरोकपको क्वार्टरफाइनलमा यी दुई टोली आमने–सामने भए । त्यहाँ जर्मनीले ३–२ गोलको जित निकाल्यो ।

यस्तै २०१२ को समूह चरणको खेलमा जर्मनीले पोर्चुगललाई १–० ले हरायो । यसपछि २०१४ को विश्वकपमा यी दुई टोलीको पुनः भेट भयो । यहाँ जर्मनीले ४–० को फराकिलो जित हासिल गर्यो ।

पछिल्लो पटक २०२१ मा भएको युरोकपको समूह चरणमा घरेलु टोली जर्मनीले पोर्चुगललाई ४–२ गोलअन्तरले पराजित गरेको थियो । सो खेलमा भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए ।

पछिल्लो समयमा पोर्चुगलविरुद्ध एकतर्फी नतिजा हासिल गरिरहेको जर्मनी आज राति पनि उही नतिजा दोहोर्याउन चाहन्छ । किनकि जर्मनी घरेलु मैदानमा भएको प्रतियोगिताको फाइदा लिँदै पहिलोपटक नेसन्स लिग जित्न चाहन्छ ।

यता पोर्चुगल भने जर्मनीसँगको लगातार पाँच हारको बदला लिने दाउमा हुनेछ । तर जर्मनीलाई हराउन त्यति सहज नहुने पोर्चुगलका खेलाडीले स्वीकारेका छन् ।

पोर्चुगलका फरवार्ड राफायल लिआओले आफूहरू दोस्रो उपाधिको लक्ष्यमा रहेको भए पनि जर्मनीको ‘खड्गो’ पार गर्न सहज भने नभएको बताएका छन् ।

‘पछिल्लो पाँच खेलमा जर्मनी हामीमाथि हाबी छ भन्ने हामीलाई राम्रोसँग थाहा छ । यसर्थ उसलाई हराउन त्यति सहज छैन । तर हामी सक्दो कोसिस गर्नेछौं,’ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘पछिल्ला खेलमा हार ब्यहोरेको बदला लिने अवसर आएको छ भन्ने हामीलाई लागेको छ । यसैले हामी आज जितकै लागि मैदानमा उत्रने छौं ।’

पछिल्लो समय जर्मनीभन्दा पोर्चुगलको टोली बलियो देखिन्छ । यसका बीच पनि अधिकांश फुटबल पण्डित भने पोर्चुगलले जित्ने विश्वास गर्दैनन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register