सरकारको नीति तथा कार्यक्रम संघीयता विरोधी छ : डा. चन्द्रकान्त राउत

May 23, 2023 - 08:47
 0
सरकारको नीति तथा कार्यक्रम संघीयता विरोधी छ : डा. चन्द्रकान्त राउत
सरकारको नीति तथा कार्यक्रम संघीयता विरोधी छ : डा. चन्द्रकान्त राउत

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त राउतले वर्तमान सरकार संघीयता विरोधी भएको बताउनुभएको छ । 

मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै राउतले सरकाको नीति तथा कार्यक्रम हेर्दा सरकार संघीयता प्रति उदासीन भएको बताउनुभयो । ‘ यो ७० पानाको छ, त्यसमा केवल तीन पटक संघीयताको उल्लेख गरिएको छ, संघीयतालाई सबल गर्ने खालको ठोस नीति तथा कार्यक्रम देखिएन’, उहाँले भन्नुभयो । 

सरकारको नीति तथा कार्यक्रम देखेर आफू आश्चर्य चकित भएको राउतले बताउनुभयो । ‘माओवादी नेतृत्वको सरकारले यो नीति तथा कार्यक्रम ल्याएको छ, त्यो संघीयता विरोधी देखिएको छ’, राउतले भन्नुभयो । 

संघीयताको उच्चारण प्रस्तावनामा एक पटक, बढीमा एक पटक र उपसंहारमा एक पटक गरिएको उहाँले बताउनुभयो । संघीयता कार्यान्वयनमा सरकार गम्भीर हुनु पर्ने र त्यसको लागि ठोस नीति तथा कार्यक्रम हुनु पर्नेमा राउतले जोड दिनुभयो । 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1