‘प्रिन्टर’ बनाउनुपर्ने भएपछि लाइसेन्स छाप्ने काम तीन दिन बन्द हुने !  

काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने काम तीन दिन बन्द हुने भएको छ । लाइसेन्स छाप्ने ‘प्रिन्टर’ बनाउनुपर्ने भएपछि लाइसेन्स छाप्ने काम तीन दिन बन्द हुने भएको हो ।  लाइसेन्स छाप्ने काम जेठ २७ गतेदेखि जेठ २९ गतेसम्म बन्द हुने यातायात व्यवस्था विभागले जनाएको छ ।  विभागका अनुसार उक्त तीन दिनमा स्मार्ट कार्ड […]

Jun 4, 2025 - 11:31
 0
‘प्रिन्टर’ बनाउनुपर्ने भएपछि लाइसेन्स छाप्ने काम तीन दिन बन्द हुने !  

काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने काम तीन दिन बन्द हुने भएको छ । लाइसेन्स छाप्ने ‘प्रिन्टर’ बनाउनुपर्ने भएपछि लाइसेन्स छाप्ने काम तीन दिन बन्द हुने भएको हो । 

लाइसेन्स छाप्ने काम जेठ २७ गतेदेखि जेठ २९ गतेसम्म बन्द हुने यातायात व्यवस्था विभागले जनाएको छ । 

विभागका अनुसार उक्त तीन दिनमा स्मार्ट कार्ड प्रिन्टर मर्मत गरिनेछ । त्यस्तै उक्त अवधिमा अत्यावश्यक सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीले मिति जेठ २५ गतेभन्दा अगाडि नै निवेदन बुझाएर एप्रुभ भएको समेत यकिन गर्न विभागले आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register