‘कुलमानले सरकारलाई टेरेनन्, त्यसैले शून्य नम्बर दिइएको हो’

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई नटेरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले कुलमाले सरकारलाई टेर्न र चिन्नै छोडेपछि कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिएको पनि उल्लेख गरेका छन् ।  अर्कोतर्फ कुलमान घिसिङ कार्यसम्पादन […]

Mar 6, 2025 - 10:05
 0
‘कुलमानले सरकारलाई टेरेनन्, त्यसैले शून्य नम्बर दिइएको हो’

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई नटेरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले कुलमाले सरकारलाई टेर्न र चिन्नै छोडेपछि कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिएको पनि उल्लेख गरेका छन् । 

अर्कोतर्फ कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागी नभएकाले पनि उनलाई शून्य नम्बर दिइएको मन्त्री खड्काले बताएका छन् । ‘विद्यार्थी यदि जाँचमै सहभागि भएन भने उसले कति नम्बर प्राप्त गर्छ ?’, मन्त्री खड्काले भने, ‘कानूनको परिपालना गर्ने सबैको दायित्व हो । त्यसकारण उहाँले शून्य नम्बर पाउनुभएको हो ।’

कार्यकारी निर्देशक घिसिङले तोकिएको समयभित्र कार्यसम्पादन नबुझाएर सरकारसँग भएको सम्झौताको बेवास्ता गरेको आरोप समेत लगाएका छन् । उनले कोही पनि संविधानभन्दा माथि नहुने भन्दै सबैले कानूनको पालना गर्नुपर्ने उल्लेख गरेका छन् । घिसिङले सरकारलाई नटेर्ने, नचिन्ने भएको कारण शून्य नम्बर दिइएको बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register