बालुवा मुनी लुकाइएको अवस्थामा एक हजार एक सय २० केजी गाँजा बरामद

सुनसरी। सुनसरीको हरिनगर गाउँपालिका–५ र ६ स्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोष्ट घुस्की, बसन्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले १,१२० किलोग्राम (१.१२ टन) गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा ३८ वटा प्लास्टिकका बोरामा प्याक गरी बालुवा मुनी लुकाइएको अवस्थामा उक्त गाँजा फेला परेको हो। सशस्त्र प्रहरी नायव उपरीक्षक तथा […]

Jun 4, 2025 - 13:23
 0
बालुवा मुनी लुकाइएको अवस्थामा एक हजार एक सय २० केजी गाँजा बरामद

सुनसरी।

सुनसरीको हरिनगर गाउँपालिका–५ र ६ स्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोष्ट घुस्की, बसन्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले १,१२० किलोग्राम (१.१२ टन) गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा ३८ वटा प्लास्टिकका बोरामा प्याक गरी बालुवा मुनी लुकाइएको अवस्थामा उक्त गाँजा फेला परेको हो।

सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार, बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register