बंगलादेशमा मुजिबुर रहमानको स्वतन्त्रता सेनानीको मान्यता रद्द

ढाका । बंगलादेश सरकारले मुलुकका स्वतन्त्रता नेता बंगबन्धु शेख मुजिबुर शेख मुजिबुर रहमानसहित सन् १९७० को चुनाव जित्ने चार सयभन्दा बढी राजनीतिज्ञको स्वतन्त्रता सेनानीको मान्यता रद्द गरेको छ । राष्ट्रिय स्वतन्त्रता सेनानी परिषद् (जामुका) अध्यादेशले यी नेताहरूको पहिचानलाई ‘मुक्ति युद्धका सहयोगीहरू’ भनेर परिभाषित गरेको छ । मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले बङ्गबन्धु रहमानका अतिरिक्त […]

Jun 4, 2025 - 16:37
 0
बंगलादेशमा मुजिबुर रहमानको स्वतन्त्रता सेनानीको मान्यता रद्द

ढाका । बंगलादेश सरकारले मुलुकका स्वतन्त्रता नेता बंगबन्धु शेख मुजिबुर शेख मुजिबुर रहमानसहित सन् १९७० को चुनाव जित्ने चार सयभन्दा बढी राजनीतिज्ञको स्वतन्त्रता सेनानीको मान्यता रद्द गरेको छ ।

राष्ट्रिय स्वतन्त्रता सेनानी परिषद् (जामुका) अध्यादेशले यी नेताहरूको पहिचानलाई ‘मुक्ति युद्धका सहयोगीहरू’ भनेर परिभाषित गरेको छ ।

मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले बङ्गबन्धु रहमानका अतिरिक्त सन् १९७१ को स्वतन्त्रता सङ्ग्रामको समयमा अस्थायी सरकारका राष्ट्रपति तथा प्रधानमन्त्री सैयद नजरुल इस्लाम र ताजुद्दीन अहमदको स्वतन्त्रता सेनानीको मान्यता पनि खारेज गरेको छ ।

सरकारले जामुका ऐन संशोधन गर्ने अध्यादेश जारी गरी वीर स्वतन्त्रता सेनानीको नयाँ परिभाषा तोकेको छ ।

संशोधित अध्यादेशअनुसार निर्वासनमा रहेका मुजिबनगर सरकारका सदस्यहरू ‘मुक्ति युद्धका सहयोगी’ हुनेछन् । राष्ट्रपतिको आदेशमा कानून मन्त्रालयको विधायी तथा संसदीय विभागले अध्यादेश जारी गरेको हो ।

अध्यादेशअनुसार मुक्ति युद्धका बेलाको निर्वासित सरकार मात्र नभएर मान्यता प्राप्त स्वतन्त्रता सेनानीहरूका अन्य चार वर्गलाई पनि ‘मुक्ति युद्धका सहयोगी’ भनेर पहिचान गरिएको छ ।

स्वतन्त्रता सेनानीहरूका चार वर्ग छन् । पहिलो, विदेशमा मुक्ति युद्धमा विशेष योगदान दिएका र विश्व जनमतलाई आकार दिन सक्रिय भूमिका खेलेका बङ्गलादेशी पेशेवरहरू छन् ।

दोस्रो, मुक्ति युद्धका बेला गठित बङ्गलादेश सरकार (मुजिबनगर) अन्तर्गत अधिकारी, कर्मचारी, दूत र अन्य सहयोगीका रूपमा सेवा गर्नेहरू रहेका छन् ।

तेस्रो, स्वाधीन बङ्गला रेडियो स्टेसनका सबै कलाकार र प्राविधिक र स्वदेश र विदेशमा मुक्ति युद्धको समर्थनमा सेवा गर्ने सबै बंगलादेशी पत्रकारहरू रहेका छन् ।

चौथो, स्वाधीन बंगला फुटबल टोली रहेको छ ।

राष्ट्रपिता रहमानको नेतृत्वमा सन् १९७१ मा पाकिस्तानविरुद्ध नौ महिनाको रक्तपातपूर्ण युद्धबाट बंगलादेशले स्वतन्त्रता प्राप्त गरेको थियो । भारतले बंगलादेशलाई स्वतन्त्रता प्राप्त गर्न सहयोग गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register