इरानमा अपहरणमा परेका तीन भारतीयको सकुशल उद्धार

तेहरान । गत महिना इरानमा बेपत्ता भएका तीन नागरिकलाई सकुशल उद्धार गरिएको छ । हाल तीनै जना नागरिक भारतीय दूतावासको निगरानीमा रहेको बीबीसीको समाचारमा उल्लेख छ । तेहरानस्थित तस्निम समाचार एजेन्सीले ‘दक्षिणी तेहरानको वरमिनमा अपहरणकारीहरू विरुद्धको प्रहरी कारबाहीमा उनीहरूलाई मुक्त गरिएको’ रिपोर्ट गरेको छ । तेहरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समार्फत बुधबार इरानलाई आफ्ना नागरिकहरूलाई […]

Jun 4, 2025 - 17:01
 0
इरानमा अपहरणमा परेका तीन भारतीयको सकुशल उद्धार

तेहरान । गत महिना इरानमा बेपत्ता भएका तीन नागरिकलाई सकुशल उद्धार गरिएको छ । हाल तीनै जना नागरिक भारतीय दूतावासको निगरानीमा रहेको बीबीसीको समाचारमा उल्लेख छ ।

तेहरानस्थित तस्निम समाचार एजेन्सीले ‘दक्षिणी तेहरानको वरमिनमा अपहरणकारीहरू विरुद्धको प्रहरी कारबाहीमा उनीहरूलाई मुक्त गरिएको’ रिपोर्ट गरेको छ ।

तेहरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समार्फत बुधबार इरानलाई आफ्ना नागरिकहरूलाई सुरक्षित रूपमा उद्धार गरेकोमा धन्यवाद दिएको छ । साथै इरानको सहयोगले दुई देशबीचको ‘मित्रताको साँचो भावना’लाई प्रतिबिम्बित गरेको बताएको छ ।

‘अपहरणमा परेका तीनैजना भारतीय नागरिकलाई सुरक्षित रूपमा उद्धार गरिएको छ र अब उनीहरू दूतावासको हेरचाहमा छन्, जसले उनीहरूलाई चाँडै स्वदेश फिर्ता ल्याउन सहज बनाउँदैछ,’ एक्समा लेखिएको छ ।

गत महिना पञ्जाबकाे होशियारपुरका अमृतपाल, संगरुरका हुसनप्रीत र नवांशहरका जसपाल सिंह अष्ट्रेलिया जान घरबाट निस्केका थिए । तर उनीहरूलाई इरानमा अपहरण गरिएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register