२ बजे बस्दै प्रतिनिधिसभा, गृहमन्त्रीले राजिनामा देलान् ?

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन् । एक कार्यक्रममा बोल्दै उनले केही दिनदेखि अवरुद्ध भएको प्रतिनिधिसभाको बैठक आज २ बजेदेखि सञ्चालन हुने बताएका हुन् । ‘सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो, प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ,’ सभामुख घिमिरले भने, ‘सामान्यतया ११ बजे, १ बजे […]

Jun 9, 2025 - 09:07
 0
२ बजे बस्दै प्रतिनिधिसभा, गृहमन्त्रीले राजिनामा देलान् ?

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन् । एक कार्यक्रममा बोल्दै उनले केही दिनदेखि अवरुद्ध भएको प्रतिनिधिसभाको बैठक आज २ बजेदेखि सञ्चालन हुने बताएका हुन् ।

‘सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो, प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ,’ सभामुख घिमिरले भने, ‘सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्नका लागि २ बजे राखिएको हो, मलाई आशा छ, २ बजेदेखि संसद् सुरू हुन्छ ।’

बजेटको महत्त्वपूर्ण कार्यसूचीमा छलफल गर्न लागेको अवस्थामा बैठक अवरुद्ध भएकाले अब छलफलमा भाग लिने सांसद सङ्ख्या घटाइने एवं विधि पुर्‍याएर छलफल गरिने जानकारी दिँदै उनले भने, ‘नोक्सानी हुने त भइसक्यो, अबको कार्यसूची त्यहीअनुसार बनाएर जानुपर्छ, विधिअनुसार बजेटमाथिको छलफल सक्नुपर्छ ।’

सभामुख घिमिरले बजेटमाथिको छलफल समयभित्र सक्नका लागि त्यहीअनुसार कार्यसूची समेत तयार गरिने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register