बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने तनहुँ व्यास नगरपालिका-३ दमौली घर भएका ५१ वर्षीय सुर्य नारायण श्रेष्ठ र काठमाडौं तारकेश्‍वर नगरपालिका-२ वसन्त कोलोनी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएकी ४० वर्षीया सानुमाया लामा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय […]

Jun 9, 2025 - 09:03
 0
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं।

बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने तनहुँ व्यास नगरपालिका-३ दमौली घर भएका ५१ वर्षीय सुर्य नारायण श्रेष्ठ र काठमाडौं तारकेश्‍वर नगरपालिका-२ वसन्त कोलोनी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएकी ४० वर्षीया सानुमाया लामा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त मुद्दामा फरार रहेका सुर्य नारायणलाई ललितपुर महानगरपालिका-२७ सुनाकोठी र सानुमायालाई काठमाडौं तारकेश्‍वर नगरपालिका-२ वसन्त कोलोनीबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ मध्ये सुर्य नारायणलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके नेपालगंज र सानुमायालाई प्रहरी वृत्त गौशला पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register