‘ब्याजदर घट्दा पूँजी पलायनको खतरा बढ्यो’- राजेश उपाध्याय

काठमाडौँ । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रमा लगानीयोग्य रकम थ्रुपिएको र ब्याजदर समेत घट्दै गएका कारण पुँजी पलायनको खतरा बढेको बताएका छन् । काठमाडौँमा आयोजित ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ कार्यक्रममा उनले यस्तो बताएका छन् । वरिष्ठ उपाध्यक्ष उपाध्यायले लगानीयोग्य रकम थ्रुप्रिने र ब्याजदर यस्तै तल रहिरहे भोलिका […]

Jun 10, 2025 - 08:26
 0
‘ब्याजदर घट्दा पूँजी पलायनको खतरा बढ्यो’- राजेश उपाध्याय

काठमाडौँ । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रमा लगानीयोग्य रकम थ्रुपिएको र ब्याजदर समेत घट्दै गएका कारण पुँजी पलायनको खतरा बढेको बताएका छन् । काठमाडौँमा आयोजित ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ कार्यक्रममा उनले यस्तो बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष उपाध्यायले लगानीयोग्य रकम थ्रुप्रिने र ब्याजदर यस्तै तल रहिरहे भोलिका दिनमा पुँजी पलायन हुनसक्ने बताएका छन् । उनले गलत ठाउँमा लगानी हुनसक्ने हुदाँ बैंकहरुले थ्रुपिएको पुँजीलाई कहाँ लगानी गर्ने ? भन्ने विषयमा आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने पनि धारणा राखेका छन् ।

त्यस्तै, हाल नेपालमा लगानी गर्नसक्ने अवस्था नरहे भारतको ट्रेजरी मार्केटमा बैंकहरुलाई लगानी गर्न राष्ट्र बैंकले दिनुपर्ने उनले बताएका छन् । वित्तीय अनुशासनमा समेत यस्ता विषय पर्ने भएकाले यसलाई कायम गराउन जरुरी रहेको उनको भनाई छ ।

उपाध्यायका अनुसार नेपालमा प्रोभिजनको व्यवस्था सबैभन्दा कडा भएकाले पनि समस्या भएको छ । भारतको उदाहरण दिँदै उनले यदी धितो छ भने तीन वर्ष नभई सतप्रतिशत प्रोभिजन गर्नुपर्ने आवश्यकता नपर्ने बताए । तर, नेपालमा पहिलो वर्षमै सतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थाले ठूलो दबाब पैदा गरेको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register