६० वर्षको उमेरसम्ममा १०९ पटक रक्तदान

मोरङ, १ असार । विश्व रक्तदाता दिवसको अवसरमा रक्तदानको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विराटनगरका तीन जना सम्मानित भएका छन् । सम्मानित हुनेमा चर्मरोग विशेषज्ञ डा केएन ठाकुर, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अष्टचिरञ्जीवी मन्दिरका अध्यक्ष विनायक पन्त छन् ।शनिबार नेपाल स्वयम्सेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगरमा भएको कार्यक्रममा कोशी प्रदेशमा नै सबैभन्दा बढी रक्तदान [...] The post ६० वर्षको उमेरसम्ममा १०९ पटक रक्तदान appeared first on Jhapa Online.

Jun 15, 2025 - 03:39
 0
६० वर्षको उमेरसम्ममा १०९ पटक रक्तदान

मोरङ, १ असार । विश्व रक्तदाता दिवसको अवसरमा रक्तदानको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विराटनगरका तीन जना सम्मानित भएका छन् ।

सम्मानित हुनेमा चर्मरोग विशेषज्ञ डा केएन ठाकुर, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अष्टचिरञ्जीवी मन्दिरका अध्यक्ष विनायक पन्त छन् ।शनिबार नेपाल स्वयम्सेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगरमा भएको कार्यक्रममा कोशी प्रदेशमा नै सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिका रुपमा डा ठाकुर सम्मानित भएका हुन् । ७० वर्षीय ठाकुरले ६० वर्षको उमेरसम्ममा १०९ पटक रक्तदान गरेका थिए ।

यस्तै, आफैँ रक्तदाता मात्र नभएर नाटक, टेलिफिल्म तथा चलचित्र लगायतको माध्यमबाट स्वयम्सेवी रक्तदातालाई बढाउने कार्यमा योगदान दिए वापत भैरव क्षेत्रीलाई सम्मान गरिएको हो । दुर्लभ रगत समूह बी नेगेटिभ भएका रक्तदाता सामाजिक अभियन्ता विनायक पन्त रगत आवश्यक परेकाका लागि जुनसुकै बेलामा पनि सहयोगका लागि पर्ने भएवापत सम्मानित भएका हुन् ।

१०३ पटक रगत दान गर्ने कार्यक्रमका अध्यक्ष हरिमोहन श्रेष्ठले उनीहरुलाई सम्मान गरेका थिए ।

The post ६० वर्षको उमेरसम्ममा १०९ पटक रक्तदान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register