कनकाईमा महिला लक्षित कार्यक्रम : नेतृत्व र क्षमता विकास गरिँदै

चन्द्र बस्नेतकनकाई, २३ बैशाख । झापाको कनकाई नगरपालिकाले महिलाहरूलाई स्वरोजगार सहित आत्मनिर्भर हुने तालीमलाई तिव्रता दिएको छ । महिलाहरूले आत्मनिर्भरसहित स्वरोजगारको बाटो अपनाई सहज तवरबाट जीवन सञ्चालन होस भन्ने उद्देश्यले तालीम दिन दिन थालिएको हो । नगरपालिका विभिन्न वडा तथा नगरबाट नै महिला लक्षित कार्यक्रम अन्तर्गत छुट्टाछुट्टै बजेटको व्यवस्थापन गर्दै सबै जस्तो वडा कार्यालयले यस्तो [...] The post कनकाईमा महिला लक्षित कार्यक्रम : नेतृत्व र क्षमता विकास गरिँदै appeared first on Jhapa Online.

May 6, 2025 - 03:38
 0
कनकाईमा महिला लक्षित कार्यक्रम : नेतृत्व र क्षमता विकास गरिँदै

चन्द्र बस्नेत
कनकाई, २३ बैशाख ।
झापाको कनकाई नगरपालिकाले महिलाहरूलाई स्वरोजगार सहित आत्मनिर्भर हुने तालीमलाई तिव्रता दिएको छ ।

महिलाहरूले आत्मनिर्भरसहित स्वरोजगारको बाटो अपनाई सहज तवरबाट जीवन सञ्चालन होस भन्ने उद्देश्यले तालीम दिन दिन थालिएको हो । नगरपालिका विभिन्न वडा तथा नगरबाट नै महिला लक्षित कार्यक्रम अन्तर्गत छुट्टाछुट्टै बजेटको व्यवस्थापन गर्दै सबै जस्तो वडा कार्यालयले यस्तो तालीमलाई प्राथमिकता दिएको नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले बताउनुभयो ।

कनकाई वडा नं. ७ मा उद्घोषण तथा माइन्युट लेखन, वडा नं. ४ मा ४५ दिने सिलाई कटाइ तालीम, कनकाई वडा नं. ३ मा नगरपालिकाको सम्वन्यनमा र घरेलु तथा साना उद्योगको आर्थिक सहयोगमा ४५ दिने ढाका बुन्ने तालीम, कनकाई–३ मै तीन महिने कम्प्युटर तालिम शुरु भएको छ ।

कनकाई–७ मा सोमबारदेखि ५ दिने उद्घोषण तथा माइन्युट लेखन तालिम शुरु भएको छ। वडा कार्यालयद्वारा आयोजित ‘महिला सशक्तिकरण, क्षमता विकासका लागि उद्घोषण तथा माइन्युट लेखन सम्बन्धी’ पाँच दिने तालीम शुरू भएको हो ।

कार्यक्रमको अध्यक्षता वडा नं. ७ की कार्यवाहक अध्यक्ष अरुणा सुब्बाले गर्नु भएको थियो । अध्यक्ष सुब्बाले तालिमको उद्घाटन गर्दै महिलाको नेतृत्व क्षमतामा विकास ल्याउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “महिला सशक्तिकरण भनेको केवल भनाइमा मात्र होइन, व्यावहारिक सीप र ज्ञानमा आधारित हुनुपर्छ। यस्तो तालीमले महिलालाई आत्मनिर्भर र सचेत बनाउनेछ ।”

कार्यक्रमको सञ्चालन वडा सचिव तुलसा थापाले गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य भगन टुडु, निर्मला आङ्थोपु, सावित्रा सार्की लगायतको उपस्थिति रहेको थियो । वडाभित्रका १० वटा टोल विकास समितिबाट दुई/दुई जना प्रतिनिधित्व गरी कुल २० जना महिलाको सहभागिता रहेको छ ।

बैशाख २२ देखि २६ गतेसम्म सञ्चालन हुने तालीममा टेलिभिजनकर्मी भरत प्रसाईंं र सञ्चारकर्मी निराजन निरौलाले प्रशिक्षण दिइरहनुभएको छ । कार्यक्रमबारे जानकारी दिँदै वडा सदस्य भगन टुडुले, “महिला नेतृत्व तथा स्थानीय तहको योजना निर्माणमा महिलाको सहभागिता सुनिश्चित गर्न यस्तो प्रकारको तालिम निर्णायक हुने बताउनुभयो ।

उता, वडा न ३ मा पनि सोमबारदेखि नगरपालिकाको सम्वन्यनमा र घरेलु तथा साना उद्योगको आर्थिक सहयोग मा ४५ दिने ढाका बुन्ने तालिम शुरु भएको छ। वडा कार्यालयको सभा हलमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले प्रशिक्षार्थीलाई प्राप्त अवसरको सही सदुपयोग गर्दै सीप सिक्न सुझाव दिनुभएको थियो ।

उहाँले यस्ता तालिमले महिलाहरूको जिविकोपार्जनमा ठूलो परिवर्तन ल्याई सहज जीवन धान्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता तालिमका लागि आगामी दिनमा समेत बजेटको थप व्यस्थापन गर्ने आश्वासन दिनुभयो ।

कनकाई–४ मा वडाका १५ वटै टोलका २/२ जना गरी ३० जनालाई ४५ दिवसीय सिलाई कटाइ तालीम दिन थालिएको छ । यसअघि नगर तथा अन्य वडाहरुले पनि यस चालू आर्थिक वर्षमा छात्रा तथा महिला १ महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम, ३ महिने कम्प्युटर तालिम, पोते तथा धागो, माला, साबुन–सरफ, हर्पिक, फिनेल बनाउने लगायत विभिन्न तालीम सम्पन्न समेत भइसकेको उपप्रमुख शिवाकोटीले बताउनुभयो ।

The post कनकाईमा महिला लक्षित कार्यक्रम : नेतृत्व र क्षमता विकास गरिँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register