३२ लाख मूल्य बराबरको चाँदी बरामद

कोकिला ढकालइलाम, २ असार । नेपालबाट भारततर्फ लैजाँदै गरेको ३२ लाख मूल्य बराबरको चाँदी र सुन जस्तो पहेँलो देखिने साढे पाँच किलो पहेँलो धातु प्रहरीले इलामको पशुुपतिनगर चारमाईलबाट बरामद गरेको छ । आइतबार राति करिब १२ः३० बजे गस्तीमा खटिएको प्रहरी टोलीले सूूर्योदय नगरपालिका–२ चारमाइलबाट भारत हिमाचल प्रदेशको कुल्लुु परगानुका २८ वर्षीय अभिनाश बोध, सोही स्थानमा [...] The post ३२ लाख मूल्य बराबरको चाँदी बरामद appeared first on Jhapa Online.

Jun 16, 2025 - 09:21
 0
३२ लाख मूल्य बराबरको चाँदी बरामद

कोकिला ढकाल
इलाम, २ असार ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको ३२ लाख मूल्य बराबरको चाँदी र सुन जस्तो पहेँलो देखिने साढे पाँच किलो पहेँलो धातु प्रहरीले इलामको पशुुपतिनगर चारमाईलबाट बरामद गरेको छ ।

आइतबार राति करिब १२ः३० बजे गस्तीमा खटिएको प्रहरी टोलीले सूूर्योदय नगरपालिका–२ चारमाइलबाट भारत हिमाचल प्रदेशको कुल्लुु परगानुका २८ वर्षीय अभिनाश बोध, सोही स्थानमा ३५ वर्षीय रवि कुुमारको झोला चेकजाँच गर्दा चाँदी २८ किलो र पहेँलो धातुु समेत बरामद गरिएको इलामस्थित सशस्त्र प्रहरीले जनाएको छ ।

सेतो धातुपरिक्षण गर्दा १७ हजार चार सय ग्राम चाँदीसहित अन्य गरगहना गरेर ३२ लाख ६९ हजार ५५७ रुपियाँ कायम भएको र पशुुपतिनगरस्थित भन्सार कार्यालयमा बुुझाइएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका भारतीय नागरिकलाई समेत भन्सार कार्यालयमा बुुझाइएको बताइएको छ ।

The post ३२ लाख मूल्य बराबरको चाँदी बरामद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register