बालमैत्री बन्यो कनकाई, भोलि घोषणा हुँदै

झापा, २४ बैशाख । झापाको कनकाई नगरपालिकाले बालमैत्री नगर घोषणाको तयारी पूरा भएको छ । मापदण्ड पूरा भएसँगै भोलि बिहीबार बालमैत्री नगर घोषणा गर्न लागिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । नगरको १२ औं स्थापना दिवसको अवसर पारेर बिहीबार बालमैत्री नगर घोषणाको तयारी गरिएको उहाँले बताउनुभयो । झापाको तेस्रो र कोशी प्रदेशको पाँचौ बालमैत्री [...] The post बालमैत्री बन्यो कनकाई, भोलि घोषणा हुँदै appeared first on Jhapa Online.

May 7, 2025 - 15:16
 0
बालमैत्री बन्यो कनकाई, भोलि घोषणा हुँदै

झापा, २४ बैशाख । झापाको कनकाई नगरपालिकाले बालमैत्री नगर घोषणाको तयारी पूरा भएको छ ।

मापदण्ड पूरा भएसँगै भोलि बिहीबार बालमैत्री नगर घोषणा गर्न लागिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । नगरको १२ औं स्थापना दिवसको अवसर पारेर बिहीबार बालमैत्री नगर घोषणाको तयारी गरिएको उहाँले बताउनुभयो ।

झापाको तेस्रो र कोशी प्रदेशको पाँचौ बालमैत्री नगरको रुपमा कनकाई नगर बालमैत्री नगर घोषणा गर्न लागिएको हो । बालबिवाह, लागूऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा बालबालिकाका लागि कार्ययोजना बनाएर काम गरिने नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताउनुभयो ।

बालमैत्री नगर घोषणा कार्यक्रमको उद्घाटन कोशी प्रदेशका खानेपानी तथा सिञ्चाई मन्त्री एकराज कार्कीले गर्नु हुनेछ भने लिम्बू, किरात, सन्थाल लगायत विभिन्न जातीय झाँकीसहित नौमती बाजा, बाल सञ्जाल र स्काउटको सहभागितामा भृकृटी मावि दुर्गापुरबाट भित्री सडक हुँदै नगरपालिकासम्म ¥यालीसमेत निकालिने छ ।

नगरले बालमैत्री नगरका लागि आवश्यक ९६ प्रतिशत मादपण्ड पूरा गरेको छ । औषतमा ८० प्रतिशत मापदण्ड पूरा हुनुपर्ने भए पनि ९६ प्रतिशत मापदण्ड पूरा भएको कनकाई नगरपालिकाका बाल कल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिनुभयो ।

बाल सञ्जाल कनकाई नगर अध्यक्ष विजय तिवारीले बालबालिकाको क्षेत्रमा आफूहरु नगरसँग समन्वय गरेर काम गरिरहेको बताउँदै आगामी दिनमा पनि त्यस कार्यलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।

राष्ट्रिय मापदण्ड अनुसार ५१ वटा सूचक पूरा गर्नुपर्ने भए पनि नगरले दुई वटा सूचक थप गरी ५३ वटा सूचक पूरा गरेको छ । गत २०८१ असार ४ गते नै सम्बन्धित निकायबाट कनकाई नगरपालिकाले बालमैत्री नगर घोषणाको अनुमति पाइसकेको थियो ।

बालमैत्री नगर घोषणा अभियानका क्रममा नगरपालिकाले छ जना बाल श्रमिकलाई उद्धार गरेर एकदेखि छ महिनासम्म राखेर आफन्तको जिम्मा लगाएको छ भने नौ जना बालबालिकालाई स्थायी संरक्षण केन्द्रमा पठाइएको बाल कल्याण अधिकारी भण्डारीले बताउनुभयो ।

बालमैत्री नगरपालिका घोषणाका लागि नगरले आवश्यक संचरना तयार गर्नुका साथै कार्यविधि, ऐन, कानून निर्माण गरिसकेको छ ।

अभियान अन्तरगत नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा बालमैत्री स्थानीय शासन समिति, उपप्रमख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा बाल अधिकार समिति, वडास्तरीय, समुदायस्तरीय समिति गठन, विद्यालय, टोल, नगर र वडा बाल क्लब, नगर बाल सञ्जाल गठन गरिएको छ ।

कार्यपालिकाबाट बालमैत्री स्थानीय शासन कार्यन्वयन गर्ने निर्णय २०७९ माघ १८ गते भएको नगरले जनाएको छ । चार वर्षको अन्तरालमा पूर्ण रुपमा बालमैत्री नगर घोषणा गर्ने कार्य सम्पन्न भएको हो ।

The post बालमैत्री बन्यो कनकाई, भोलि घोषणा हुँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register