कर्णाली डेभलपमेन्ट बैंक डुबेजस्तै सूर्यज्योति लाइफ डुब्ने खतरा ! पोलिसी सरेन्डर ह्वात्तै बढ्यो, काण्ड त कति हो कति !

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स डुब्ने खतरा बढेको छ । कम्पनीमा नयाँ बिजनेश नआउने र भएका पोलिसी भकाभक सरेन्डर हुन थालेपछी कम्पनी नै डुब्ने खतरा बढेको हो ।   चालु आर्थिक वर्षको पछिल्लो पाँच महिना (साउनदेखि मंसिर मसान्तसम्म) मात्रै सूर्यज्योति लाइफ इन्स्योरेन्समा २ हजार ४ सय ८८ वटा बीमा पोलिसी सरेन्डर भएका छन् । जुन […]

Feb 7, 2025 - 04:09
 0
कर्णाली डेभलपमेन्ट बैंक डुबेजस्तै सूर्यज्योति लाइफ डुब्ने खतरा ! पोलिसी सरेन्डर ह्वात्तै बढ्यो, काण्ड त कति हो कति !

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स डुब्ने खतरा बढेको छ । कम्पनीमा नयाँ बिजनेश नआउने र भएका पोलिसी भकाभक सरेन्डर हुन थालेपछी कम्पनी नै डुब्ने खतरा बढेको हो ।  

चालु आर्थिक वर्षको पछिल्लो पाँच महिना (साउनदेखि मंसिर मसान्तसम्म) मात्रै सूर्यज्योति लाइफ इन्स्योरेन्समा २ हजार ४ सय ८८ वटा बीमा पोलिसी सरेन्डर भएका छन् । जुन पोलिसी सरेन्डरमार्फत कम्पनीबाट ३२ करोड ६४ लाख रुपैयाँ बाहिरिएको छ । 

त्यसयता पनि सूर्यज्योतिमा बीमा पोलिसी सरेन्डर गर्नेहरु बढेका छन् । ‘पछिल्लो केही महिनायता कम्पनीमा पोलिसी सरेन्डर गर्नेहरु बढेका छन् ।’, कम्पनीका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘नयाँ बिजनेश साह्रै कम मात्रामा आइरहेको छ । भएका पोलिसी सरेन्डर हुने र नयाँ बिजनेश नआउने स्थिति चलिरहे समस्या अलि बढ्ने देखिन्छ ।’ 

यसो त सूर्यज्योति लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था पनि खासै सन्तोषजनक छैन । त्यसैमाथि कम्पनीमा व्यथिति र विकृतिका चाङ्ग छन् । अझ योग्यता र अनुभव नै नपुगेका व्यक्तिलाई जागिर दिएर कम्पनीले संस्थागत सुशासनको धज्जी नै उडाएको छ । अझ कम्पनीले बिमितलाई दिएको दुःख झन् बेहिसाब छन् । बीमाप्रश्चात आफूले पाउनुपर्ने दाबी भुक्तानीका लागि बिमित बीमा प्राधिकरणदेखि अदालतसम्म धाउनुपर्छ । 

यसरी सूर्यज्योतिमा बीमा गराउनु भन्दा नगर्नूमा फाइदा देखेपछि अहिले पोलिसी सरेन्डर गर्नेहरु ह्वात्तै बढेका छन् । आफूले पाउनुपर्ने रकम पाउन पनि प्राधिकरण र अदालतसम्म पुग्नुपरेपछि कम्पनीबाट पीडित बनेका अंगद खड्काले त सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई ‘ठग कम्पनी’ भनेका छन् । कम्पनीमा पोलिसी सरेन्डर गर्नेहरु बढेपछि र संस्थागत सुशासनसँगै वित्तीय अवस्था पनि कमजोर हुँदै गएपछि सूर्यज्योति लाइफ इन्स्योरेन्स पनि कर्णाली डेभलपमेन्ट बैंक डुबेजस्तै डुब्ने खतरा देखिएको छ । 

यसो त कम्पनीले पछिल्लो समय शाखा कार्यालयहरु मर्ज गर्ने अभियान नै चलाएको छ । कम्पनीले एक सूचना नै जारी गरेर मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम शाखा र म्याग्दीको बेनी नगरपालिका–८ स्थित बेनी शाखा एकआपसमा गाभिन लागेको जानकारी गराएको छ । यसबाट पनि कम्पनीको अवस्था कमजोर हुँदै गइरहेको र कम्पनीले नयाँ बिजनेश पाइरहेको छैन भन्ने पुष्टी हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register