४ महिनामा ४ लाख ५७ हजार बढी राहदानी जारी

काठमाडौँ । २०८१ पुसदेखि २०८१ चैत्र मसान्तसम्म राहदानी विभागबाट ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी भएको छ । शुक्रवार सिंहदरबारमा बसेको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सरकारले यसबारेमा जानकारी गराएको हो ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका अनुसार २०८१ पुषदेखि २०८१ चैत्र मसान्तसम्म राहदानी विभागबाट कुल ४ लाख ५७ हजार […]

Jun 13, 2025 - 11:19
 0
४ महिनामा ४ लाख ५७ हजार बढी राहदानी जारी

काठमाडौँ । २०८१ पुसदेखि २०८१ चैत्र मसान्तसम्म राहदानी विभागबाट ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी भएको छ । शुक्रवार सिंहदरबारमा बसेको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सरकारले यसबारेमा जानकारी गराएको हो । 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका अनुसार २०८१ पुषदेखि २०८१ चैत्र मसान्तसम्म राहदानी विभागबाट कुल ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी भएको छ । 

यस अवधिमा रोमानिया, पोल्याण्ड, साउदी अरेबिया, युएई, कतार, मलेसिया र जापानमा थप घुम्ती टोली समेत खटाई राहदानीको सेवा प्रदान गरिएको उनको भनाइ छ । परराष्ट्रमन्त्री राणाले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका उपाय प्रस्तुत गर्न समिति गठन गरिएको पनि जानकारी दिएकी छिन् । 

वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरूको समाधानका उपाय पेश गर्नेगरी परराष्ट्र मन्त्रालयको संयोजकत्वमा एक समिति गठन गरिएको राणाको भनाई छ । उनले बढ्दो कार्यचाप, बदलिँदो भूराजनीतिकूटनीतिक परिवेशबीच परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली नियोगहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भई मन्त्रालयमा सार्वजनिक कुटनीति, आर्थिक कुटनीति, श्रम आप्रवासन लगायतका नयाँ महाशाखाहरु सिर्जना गरिएको जानकारी दिएकी छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register