बजेट कांग्रेस, एमालेतिर मात्र ढल्किएर आयो भन्ने विचार नितान्त पूर्वाग्रहपूर्ण छ : पदम गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले प्रस्तुत बजेट नेपाली कांग्रेस, नेकपा एमाले र स्वार्थ समुहतिर मात्र ढल्किएको भन्ने पुर्वाग्रहपूर्ण विचारहरू प्रस्तुत भइरहेको भन्दै आपत्ति जनाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट स्वार्थ समूहतिर मात्र ढल्किएको छ भन्ने प्रतिपक्ष दलका सांसदहरूले राखेको विचार पूर्वाग्रहपूर्ण भएको भन्दै बजेटमा सम्पूर्ण क्षेत्रहरू […]

Jun 16, 2025 - 10:47
 0
बजेट कांग्रेस, एमालेतिर मात्र ढल्किएर आयो भन्ने विचार नितान्त पूर्वाग्रहपूर्ण छ : पदम गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले प्रस्तुत बजेट नेपाली कांग्रेस, नेकपा एमाले र स्वार्थ समुहतिर मात्र ढल्किएको भन्ने पुर्वाग्रहपूर्ण विचारहरू प्रस्तुत भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट स्वार्थ समूहतिर मात्र ढल्किएको छ भन्ने प्रतिपक्ष दलका सांसदहरूले राखेको विचार पूर्वाग्रहपूर्ण भएको भन्दै बजेटमा सम्पूर्ण क्षेत्रहरू समेटिएको दाबी गरे ।

उनले भने, ‘यो सरकार एमाले र कांग्रेस लगायत पार्टीको गठबन्धनमा बनेको छ । त्यसकारण यो बजेट कतै कांग्रेसतिर मात्रै ढल्किएको, कतै स्वार्थ समूहतिर मात्र ढल्किएको जस्तो भयो भनेर प्रतिपक्षको सांसदले भन्नुभयो । यो नितान्त पूर्वाग्रहपूर्ण विचार हो । बजेटमा सम्पूर्ण क्षेत्र समेटिएका छन् ।’

त्यस्तै सांसद गिरीले बजेट प्राथमिकतामा आधारित रहेर आएको भन्दै स्रोत प्रक्षेपण पनि ठीकसँग गरिएको धारणा राखे । आयोजनाको संख्या धेरै हदसम्म घटाइएको बताउँदै उनले अर्थतन्त्रलाई लयमा फर्काउन यस वर्षको बजेट केन्द्रीत भएको बताए ।

उनले भने, ‘समग्रमा यो बजेट प्राथमिकतामा आधारित छ । स्रोत प्रक्षेपण ठीकसँग गरिएको छ । आयोजनाको संख्या धेरै हदसम्म घटाइएको छ । यो वैज्ञानिक छ । अर्थतन्त्रलाई लयमा फर्काउन यो केन्द्रीय भएको देखिएको छ । निजी क्षेत्रलाई उत्साहित बनाउनेगरी आएको छ । आईटी क्षेत्रलाई प्राथमिकतामा राखेको छ र आन्तरिक उत्पादनलाई विशेष जोड दिएको छ । यसमा सरकारलाई धन्यवाद छ तर कमि भएको ठाउँहरुमा सुधार्ने संकल्प गरौं ।’

सांसद गिरीले आफू सरकारमा हुँदा सबै ठीक अर्को सरकारमा हुँदा सबै बेठीक भन्ने गलत भाष्य निर्माण भएको आरोप लगाउँदै थपे, ‘नयाँ ढंगले अगाडि बढ्ने संकल्प हामीले गर्नै पर्छ । आज म ठीक तँ बेठीक । म भएको भए देश बन्थ्यो, तँ हुँदा बनेन जस्ता प्रकारले भाष्य निर्माण गरिँदै छ । यो वास्तवमा धेरै दिन टिक्ने विषय होइन । यतार्थकोक जगमा हामी सबै उभिनुपर्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register