सर्पदंश उपचार केन्द्र बनियानीको स्थापना दिवसमा तीन पत्रकार सम्मानित

बनियानी, ३ असार । झापाको कचनकवलस्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानी मातहत रहेको सर्पदंश उपचार केन्द्रको आज स्थापना दिवस मनाउनुका साथै कचनकवल गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ । कार्यक्रममा पत्रकार गणेशमान मुखिया, इन्द्रजीत मुखिया, रत्न बुढाथोकी, सर्पदंश केन्द्र स्थापनाका अभियन्ता किशोरमान राई र रामप्रसाद भट्टराई, स्वास्थ्य चौकी प्रमुख हर्कबहादुर गुरुङ र [...] The post सर्पदंश उपचार केन्द्र बनियानीको स्थापना दिवसमा तीन पत्रकार सम्मानित appeared first on Jhapa Online.

Jun 17, 2025 - 17:00
 0
सर्पदंश उपचार केन्द्र बनियानीको स्थापना दिवसमा तीन पत्रकार सम्मानित

बनियानी, ३ असार । झापाको कचनकवलस्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानी मातहत रहेको सर्पदंश उपचार केन्द्रको आज स्थापना दिवस मनाउनुका साथै कचनकवल गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ ।

कार्यक्रममा पत्रकार गणेशमान मुखिया, इन्द्रजीत मुखिया, रत्न बुढाथोकी, सर्पदंश केन्द्र स्थापनाका अभियन्ता किशोरमान राई र रामप्रसाद भट्टराई, स्वास्थ्य चौकी प्रमुख हर्कबहादुर गुरुङ र स्वास्थय शाखाका जनस्वास्थ्य निरीक्षक महेशचन्द्र नेपाललाई सम्मान गरिएको छ । साथै, कार्यक्रममा पालिकाका सबै वडाका वडा स्वास्थ्य चौकीलाई सम्मान गरियो ।

कार्यक्रममा प्रमुख अतिथि कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीको सामाजिक अभियन्ताहरुको सहयोगमा सर्पदंश उपचार केन्द्र स्थापना भएको बताउनुभयो ।

“उपचार केन्द्र नहुँदा सर्पदंशबाट अकालमै ज्यान गुमाउनेपर्ने पीडादायी अवस्था थियो”, उहाँले भन्नुभयो, “धेरै जनाको सहयोग र योगदानले उपचार केन्द्र स्थापना भएको छ ।”

उहाँले स्वास्थ्योपचारमा खटिने स्वास्थ्य क्षेत्रका कर्मचारी मुस्कानसहितको सेवा प्रवाह गर्न आग्रह समेत गर्नुभयो । सीमित स्रोत साधनका कारण भनेजस्तो सेवा सुविधा दिन नसके पनि गाउँपालिकाको क्षमता गर्न सक्ने कामहरु गर्दै जाने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले स्वास्थ्य केन्द्रको व्यवस्थापनको विषयमा प्रश्न उठाउनु भएको थियो । “नियमअनुसार अस्पताल चलिरहेको छ कि छैन ? अत्यावश्यक सेवा नागरिकले सहज रूपमा पाइरहेका छन् कि छैनन् ?”, कार्यक्रममा मन्तव्यका क्रममा उहाँले भन्नुभयो, “स्वास्थ्य केन्द्रमा आउँदा–जाँदा नागरिकका पीडा सुनिरहेको छु । हामी जनप्रतिनिधिले जनताको करबाट तलब खाइरहेका छौं भने हामीले पनि हाम्रो जिम्मेवारीको गम्भीर समीक्षा गर्नुपर्छ ।” प्राथमिक स्वास्थ्य केन्द्रप्रति जनस्तरबाट धेरै गुनासा आइरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेल खोप क्षेत्रमा निजी क्षेत्रले काम गर्न नमिल्ने भएकाले सरकारी क्षेत्रबाट बढी संवेदनशील हुनुपर्ने बताउनुभयो । सबैले जिम्मेवार भएर काम गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

कार्यक्रममा कचनकवल–३ का वडाध्यक्ष ग्यास अजमल मियाँ, ५ का वडाध्यक्ष नुर आलम, ७ का वडाध्यक्ष भरत राजवंशी, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि खरेल लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन जनसम्पर्क अधिकृत नवीन मिश्रले गर्नुभएको थियो ।

The post सर्पदंश उपचार केन्द्र बनियानीको स्थापना दिवसमा तीन पत्रकार सम्मानित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register