एसइईमा ४ जिपिए नतिजा ल्याउनेलाई छत्रकोट गाउँपालिकाले १ लाख ५१ हजार दिने 

काठमाडौँ । गुल्मीको छत्रकोट गाउँपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार दिने भएको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८१ को एसइई परीक्षामा विद्यार्थीले प्राप्त गरेको जिपिए अनुसार नगद पुरस्कार दिने भएको हो । गाउँपालिकाका अनुसार एसइईमा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई १ लाख ५१ हजार प्रदान गर्नेछ भने ३.९९ देखि ३.९० जिपिए […]

Jun 18, 2025 - 04:32
 0
एसइईमा ४ जिपिए नतिजा ल्याउनेलाई छत्रकोट गाउँपालिकाले १ लाख ५१ हजार दिने 

काठमाडौँ । गुल्मीको छत्रकोट गाउँपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार दिने भएको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८१ को एसइई परीक्षामा विद्यार्थीले प्राप्त गरेको जिपिए अनुसार नगद पुरस्कार दिने भएको हो ।

गाउँपालिकाका अनुसार एसइईमाजीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई १ लाख ५१ हजार प्रदान गर्नेछ भने ३.९९ देखि ३.९० जिपिए ल्याउने विद्यार्थीले ५१ हजार, ३.८९ देखि ३.८० जीपीए प्राप्त गर्ने विद्यार्थीले २५ हजार पुरस्कार पाउनेछन् । 

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताएका छन् । 

त्यस्तै, गाउँपालिकाले एसइई परीक्षामा ३.२ जिपिए भन्दा माथि नतिजा ल्याउने विद्यार्थीलाई कक्षा ११ र १२ का लागि पूर्ण छात्रवृत्ति दिने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यो योजनाले विद्यार्थीलाई थप  प्रोत्साहित गर्नुका साथै भविष्यमा थप सहज हुने गाउँपालिका विश्वास व्यक्त गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register