इन्डोनेसियामा ज्वालामुखी विस्फोट : बालीका दर्जनौँ उडान रद्द

सिक्का । इन्डोनेसियाको पूर्वमा ज्वालामुखी विस्फोट भएपछि रिसोर्ट टापु बाली जाने र आउने दर्जनौँ उडान बुधबार रद्द गरिएको अधिकारीहरूले बताएका छन् । पर्यटकीय टापु फ्लोर्समा रहेको एक हजार पाँच सय ८४ मिटर (पाँच हजार एक सय ९७ फिट) अग्लो ज्वालामुखी माउन्ट लेवोटोबी लाकी–लाकी मङ्गलबार विस्फोट भएपछि अधिकारीहरूले यसको सतर्कता स्थिति चार–स्तरीय प्रणालीको उच्चतम स्तरमा बढाएका […]

Jun 18, 2025 - 12:26
 0
इन्डोनेसियामा ज्वालामुखी विस्फोट : बालीका दर्जनौँ उडान रद्द

सिक्का । इन्डोनेसियाको पूर्वमा ज्वालामुखी विस्फोट भएपछि रिसोर्ट टापु बाली जाने र आउने दर्जनौँ उडान बुधबार रद्द गरिएको अधिकारीहरूले बताएका छन् ।

पर्यटकीय टापु फ्लोर्समा रहेको एक हजार पाँच सय ८४ मिटर (पाँच हजार एक सय ९७ फिट) अग्लो ज्वालामुखी माउन्ट लेवोटोबी लाकी–लाकी मङ्गलबार विस्फोट भएपछि अधिकारीहरूले यसको सतर्कता स्थिति चार–स्तरीय प्रणालीको उच्चतम स्तरमा बढाएका छन् ।

‘पूर्वी नुसा तेङ्गारामा लेवाटोबी लाकी–लाकीको ज्वालामुखी गतिविधिका कारण आई गुस्ती नगुराह राय विमानस्थलमा धेरै उडान रद्द गरिएको छ,’ विमानस्थल अपरेटर अङ्कासा पुरा इन्डोनेसियाले एक विज्ञप्तिमा एएफपीलाई बताएको छ ।

रद्द गरिएका उडानहरूमा अस्ट्रेलियाका सहरहरूमा जेटस्टार र भर्जिन अस्ट्रेलिया सेवाहरू समावेश छन् । यस्तै एअर इन्डिया, एयर न्युजिल्याण्ड, सिङ्गापुरको टाइगरएयर र चीनको जुनेयाओ एअरलाइन्सले पनि ‘ज्वालामुखीका कारण’ उडानहरू रद्द गरेको बालीको अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइटले जनाएको छ ।

जेटस्टारले बुधबार आफ्नो वेबसाइटमा एक विज्ञप्तिमा बाली जाने र आउने उडानहरू रद्द भएको पुष्टि गरेको छ ।

‘पूर्वानुमानले बुधबार रातिसम्म खरानीको बादल सफा हुने अपेक्षा गरिएको छ । नतिजाका रूपमा बुधबार दिउँसोका उडानहरू साँझपछि सञ्चालन गर्न ढिलाइ हुनेछ,’ जेटस्टारले भन्यो ।

फ्लोर्समा लोकप्रिय पर्यटकीय हटस्पट लाबुआन बाजोका लागि प्रस्थान गर्ने धेरै घरेलु एयरएसिया उडानहरू पनि रद्द गरिएका छन् ।

बालीको नगुराह राई विमानस्थलले आन्तरिक र अन्तर्राष्ट्रिय मार्गमा टापुभित्र र बाहिरका ३२ वटा उडान रद्द गरिएको बताएको छ ।

विमानस्थलका एक ग्राहक सेवा एजेन्टका अनुसार उडानहरू रद्द भए पनि उड्डयन हब अझै पनि सामान्य रूपमा सञ्चालन भइरहेको छ ।

‘यो मार्ग र एयरलाइन्समा पनि निर्भर गर्दछ,’ नाम उल्लेख गर्न नमान्ने ती एजेन्टले भने ।

फ्लोरेस टापुको माउमेरे नजिकैको अपेक्षाकृत सानो विमानस्थल फ्रान्सिस्कस जाभेरियस सेडा विमानस्थल बिहीबार बिहानसम्म बन्द गरिएको अधिकारीहरूले सामाजिक सञ्जालमा बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register