माेदीसामु ट्रम्पको स्पष्टोक्ति – हसिनालाई अपदस्थ गर्न हाम्रो कुनै हात छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बङ्गलादेशको सत्ता परिवर्तनमा आफूहरूको कुनै भूमिका नभएको बताएका छन् । भारतीय प्रधानमन्त्रीसँगको वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले शेख हसिनालाई प्रधानमन्त्रीबाट हटाउनमा अमेरिकाको भूमिका नभएको स्पष्ट पारेका हुन् । ‘यसमा हाम्रो राज्य संयन्त्रको कुनै भूमिका छैन । बरु भारतका प्रधानमन्त्री मोदी यस विषयमा लामो समयदेखि जानकार हुनुहुन्छ,’ उनले भने । […]

Feb 14, 2025 - 04:15
 0
माेदीसामु ट्रम्पको स्पष्टोक्ति – हसिनालाई अपदस्थ गर्न हाम्रो कुनै हात छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बङ्गलादेशको सत्ता परिवर्तनमा आफूहरूको कुनै भूमिका नभएको बताएका छन् ।

भारतीय प्रधानमन्त्रीसँगको वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले शेख हसिनालाई प्रधानमन्त्रीबाट हटाउनमा अमेरिकाको भूमिका नभएको स्पष्ट पारेका हुन् ।
‘यसमा हाम्रो राज्य संयन्त्रको कुनै भूमिका छैन । बरु भारतका प्रधानमन्त्री मोदी यस विषयमा लामो समयदेखि जानकार हुनुहुन्छ,’ उनले भने ।

बङ्गलादेशमा विद्यार्थीले नेतृत्व गरेको आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री हसिनाले गत अगस्ट ५ मा देश छोडेर जानु परेको थियो । उनी हाल भारतमा बस्दै आएकी छिन् ।

यसपछि बङ्गलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । यसमा अमेरिकाको हात रहेको आरोप लाग्ने गरेको छ ।

बङ्गलादेशको वर्तमान सरकारले भारतलाई हसिनालाई देश फिर्ता पठाउन बारम्बार आग्रह गरिरहेको छ ।

ट्रम्पसँगको पत्रकार सम्मेलनमा मोदीले भने : युक्रेन–रुस द्वन्द्वमा भारत तटस्थ नभएपनि शान्तिको पक्षमा छ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register