ट्रम्पलाई खामेनेईको जवाफ – आत्मसमर्पण गर्दैनौं

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले आत्मसमर्पण नगर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काउँदै खामेनेईले भने, “अमेरिकाले सुन्नुपर्छ, हामी आत्मसमर्पण गर्दैनौं । यदि अमेरिकी सेनाले इजरायलविरुद्धको युद्धमा हस्तक्षेप गर्छ भने परिणाम नराम्रो हुनेछ ।” राष्ट्रिय टीभीमार्फत उनले इजरायलले ठूलो गल्ती गरेको र त्यसको सजाय भोग्नुपर्ने बताए । “इरानको इतिहास जान्नेहरूलाई […]

Jun 18, 2025 - 12:41
 0
ट्रम्पलाई खामेनेईको जवाफ – आत्मसमर्पण गर्दैनौं

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले आत्मसमर्पण नगर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काउँदै खामेनेईले भने, “अमेरिकाले सुन्नुपर्छ, हामी आत्मसमर्पण गर्दैनौं । यदि अमेरिकी सेनाले इजरायलविरुद्धको युद्धमा हस्तक्षेप गर्छ भने परिणाम नराम्रो हुनेछ ।”

राष्ट्रिय टीभीमार्फत उनले इजरायलले ठूलो गल्ती गरेको र त्यसको सजाय भोग्नुपर्ने बताए । “इरानको इतिहास जान्नेहरूलाई थाहा छ कि इरानले कसैको धम्की सुन्दैन । इजरायलले ठूलो गल्ती गरेको छ र यसको सजाय भोग्नेछ । इरानले लादिएको शान्ति वा युद्ध स्वीकार गर्दैन,” खामेनेईले भने ।

यसअघि खामेनेईले मंगलबार राति अबेर इजरायलविरुद्ध युद्धको घोषणा गरेका थिए । उनले एक्समा लेखेका थिए, “युद्ध सुरु हुन्छ । हामी आतंकवादी इजरायललाई कडा जवाफ दिनेछौं । हामी उनीहरूलाई कुनै दया देखाउने छैनौं । यो घोषणापछि इरानले इजरायलमा २५ वटा मिसाइल प्रहार गरेको थियो ।”

यसअघि इरानको आलोचना गर्दै ट्रम्पले भनेका थिए, “निःसर्त आत्मसमर्पण ।”

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए, “हामीलाई थाहा छ – इरानका सर्वोच्च नेता कहाँ छन्, तर हामी उनलाई अहिले नै मार्ने छैनौँ । हामीलाई राम्ररी थाहा छ – तथाकथित सर्वोच्च नेता कहाँ लुकेका छन् । उनी एक सजिलो निशाना हुन्, तर उनी अहिलेको लागि त्यहाँ सुरक्षित छन् ।”

को हुन् आयतुल्लाह अली खामेनेई, कसरी बने इरानको सर्वोच्च नेता ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register