बागमतीमा दलहरूबीच कुरा मिल्यो, प्रदेशसभामा बजेट प्रस्तुत

हेटौंडा । बागमती प्रदेशमा दलहरूबीच कुरा मिलेपछि प्रदेशसभामा आर्थिक वर्ष २०८२–८३ को बजेट प्रदेशसभामा प्रस्तुत भएको छ । आइतबार राति आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले बजेट प्रस्तुत गरिरहेका छन् । यसअघि मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको थियो । ६४ अर्बको बजेट ल्याउने सबै दलहरूसँग छलफल भए पनि सरकारले प्रतिपक्षी दलहरूसँगको छलफललाई बेवास्ता गरी ७२ […]

Jun 15, 2025 - 16:20
 0
बागमतीमा दलहरूबीच कुरा मिल्यो, प्रदेशसभामा बजेट प्रस्तुत

हेटौंडा । बागमती प्रदेशमा दलहरूबीच कुरा मिलेपछि प्रदेशसभामा आर्थिक वर्ष २०८२–८३ को बजेट प्रदेशसभामा प्रस्तुत भएको छ ।

आइतबार राति आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले बजेट प्रस्तुत गरिरहेका छन् ।

यसअघि मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको थियो ।

६४ अर्बको बजेट ल्याउने सबै दलहरूसँग छलफल भए पनि सरकारले प्रतिपक्षी दलहरूसँगको छलफललाई बेवास्ता गरी ७२ अर्बको बजेट ल्याउन लागेकाले त्यहाँ असहमति रहेको थियो ।

यसले गर्दा आइतबार दिउँसो ३ बजे निर्धारित समयमा बजेट प्रस्तुत हुन सकेन । फेरि साँझ साढे ६ बजेका लागि निर्धारण गरिएको बैठक पनि बस्न सकेन । यसपछि दलहरूबीचको सहमति भएपछि

प्रदेशसभामा बजेट प्रस्तुत भइरहेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register