चीनको सूचनापछि मौसम विभागले भन्यो – सिन्धुपाल्चोक क्षेत्रमा मनसुन कमजोर नै छ

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक र सोको माथिल्लो जलाधार क्षेत्रमा हाल मनसुनको प्रभाव भए पनि कमजोर अवस्थामा रहेकाले हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ । विभागले विज्ञप्ति जारी गर्दै सो भू–उपग्रह तथा मौसम प्रारुपबाट प्राप्त तथ्याङ्कको सूचनाको विश्लेषणका आधारमा मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको हो । जिल्ला प्रशासन कार्यालय […]

Jun 18, 2025 - 15:40
 0
चीनको सूचनापछि मौसम विभागले भन्यो – सिन्धुपाल्चोक क्षेत्रमा मनसुन कमजोर नै छ

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक र सोको माथिल्लो जलाधार क्षेत्रमा हाल मनसुनको प्रभाव भए पनि कमजोर अवस्थामा रहेकाले हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ ।

विभागले विज्ञप्ति जारी गर्दै सो भू–उपग्रह तथा मौसम प्रारुपबाट प्राप्त तथ्याङ्कको सूचनाको विश्लेषणका आधारमा मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाका आधारमा भोटेकोसी र सुनकोसी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको थियो ।

विभागले मनसुनको प्रभाव रहिरहेको हालको अवस्थामा मौसम तथा बाढीलाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ । सोहीअनुसार नियमित रूपमा मौसम तथा बाढीको सूचना अद्यावधिक गर्दै जाने विभागले जनाएको छ ।

विभागले अद्यावधिक सूचनाको जानकारी लिई सतर्कता अपनाउन आह्वान गरेको छ ।

नेपाललाई चीनको सूचना – सीमा क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना छ, सतर्कता अपनाउनू

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register