अर्घाखाँचीका सीडीओ खरेल हटाइए, गोपालप्रसाद अर्याल नयाँ प्रजिअ

काठमाडौँ। सहायक सीडीओकाे नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी विरुद्धमा उत्रिएपछि अर्घाखाँचीका सीडीओ वेदप्रसाद खरेल गृह मन्त्रालय तानिएका छन् । कर्मचारीलाई अपशब्द प्रयाेग गर्दै गालीगलाैच गर्ने, निहुँ खाेज्ने जस्ता व्यवाहर देखाएपछि बुधबार ३ घण्टा कर्मचारी आन्दोलनमा उत्रिएका थिए । तर पछि खरेलले माफी मागेपछि आन्दोलन राेकेर कर्मचारी काममा फर्किएका थिए । तथापि, कार्यालयकाे वातावरण सहज नभएपछि […]

Jun 19, 2025 - 16:58
 0
अर्घाखाँचीका सीडीओ खरेल हटाइए, गोपालप्रसाद अर्याल नयाँ प्रजिअ

काठमाडौँ।

सहायक सीडीओकाे नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी विरुद्धमा उत्रिएपछि अर्घाखाँचीका सीडीओ वेदप्रसाद खरेल गृह मन्त्रालय तानिएका छन् । कर्मचारीलाई अपशब्द प्रयाेग गर्दै गालीगलाैच गर्ने, निहुँ खाेज्ने जस्ता व्यवाहर देखाएपछि बुधबार ३ घण्टा कर्मचारी आन्दोलनमा उत्रिएका थिए । तर पछि खरेलले माफी मागेपछि आन्दोलन राेकेर कर्मचारी काममा फर्किएका थिए ।

तथापि, कार्यालयकाे वातावरण सहज नभएपछि खरेललाई मन्त्रालयले फिर्ता बाेलाएकाे हाे । उनकाे ठाउँमा भक्तपुरका प्रजिअ गोपालप्रसाद अर्याललाई सरुवा गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register