फिफा क्लब विश्वकप : मेस्सीको फ्रिकिकमा पोर्टोमाथि मियामीको जित

काठमाडौं । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट फ्रिकिक गोलको मदतले इन्टर मियामीले फिफा क्लब विश्वकप फुटबलमा एफसी पोर्टोमाथि २-१ को महत्त्वपूर्ण जित दर्ता गरेको छ। समूह ‘ए’ अन्तर्गत बिहीबार राति भएको खेलमा मियामी एक गोलले पछि परेको स्थितिबाट शानदार पुनरागमन गर्दै विजयी भएको हो। खेलको आठौं मिनेटमा सामु आघेहोवाको पेनाल्टी गोलबाट पोर्टोले सुरुवाती अग्रता लिएको थियो। […]

Jun 20, 2025 - 04:22
 0
फिफा क्लब विश्वकप : मेस्सीको फ्रिकिकमा पोर्टोमाथि मियामीको जित

काठमाडौं । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट फ्रिकिक गोलको मदतले इन्टर मियामीले फिफा क्लब विश्वकप फुटबलमा एफसी पोर्टोमाथि २-१ को महत्त्वपूर्ण जित दर्ता गरेको छ।

समूह ‘ए’ अन्तर्गत बिहीबार राति भएको खेलमा मियामी एक गोलले पछि परेको स्थितिबाट शानदार पुनरागमन गर्दै विजयी भएको हो। खेलको आठौं मिनेटमा सामु आघेहोवाको पेनाल्टी गोलबाट पोर्टोले सुरुवाती अग्रता लिएको थियो।

दोस्रो हाफमा इन्टर मियामीले दुई गोल फर्काउँदै खेल आफ्नो पक्षमा पार्यो। ४७ औं मिनेटमा टेलास्को सेगोभियाले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको ठीक ७ मिनेटपछि, खेलको ५४ औं मिनेटमा मेस्सीले  पेनाल्टी क्षेत्र नजिकैबाट पाएको फ्रिकिकलाई सुन्दर ढंगले ‘फर्स्ट बार’ मा गोल गर्दै मियामीलाई अग्रता दिलाए, जुन गोल नै निर्णायक बन्यो।

समूह ‘ए’ कै अर्को खेलमा पाल्मेरसले अल आहलीलाई २-० ले पराजित गरेको छ। यस जितसँगै इन्टर मियामी र पाल्मेरस दुवैको ४-४ अंक भएको छ, जबकि पोर्टो र अल आहलीको १-१ अंक छ।

समूह ‘बी’ अन्तर्गत भएको अर्को खेलमा एटलेटिको म्याड्रिडले सिआटल साउन्डर्सलाई ३-१ ले हराएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register