शाहरुखको मन्नतमा अवैध निर्माण कार्य भएको गुनासो आएपछि…

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको बंगला मन्नतमा वन विभाग र बृहन्मुम्बई महानगरपालिका (बीएमसी)को टोली पुगेको छ । मुम्बईको बान्द्रा ब्यान्डस्ट्यान्ड क्षेत्रमा रहेको मन्नत हाल मर्मत भइरहेको छ । उक्त मर्मतले तटीय नियमन क्षेत्र (CRZ) नियमहरू उल्लङ्घन गरेको गुनासोपछि विभाग र बीएमसीको टोली टोली निरीक्षणका लागि त्यहाँ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ । वन […]

Jun 21, 2025 - 09:51
 0
शाहरुखको मन्नतमा अवैध निर्माण कार्य भएको गुनासो आएपछि…

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको बंगला मन्नतमा वन विभाग र बृहन्मुम्बई महानगरपालिका (बीएमसी)को टोली पुगेको छ ।

मुम्बईको बान्द्रा ब्यान्डस्ट्यान्ड क्षेत्रमा रहेको मन्नत हाल मर्मत भइरहेको छ । उक्त मर्मतले तटीय नियमन क्षेत्र (CRZ) नियमहरू उल्लङ्घन गरेको गुनासोपछि विभाग र बीएमसीको टोली टोली निरीक्षणका लागि त्यहाँ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

वन विभागका एक अधिकारीले पुनर्निर्माण अनुमतिको बारेमा गुनासो पाएकाले स्थलको भ्रमण गरेको र चाँडै नै प्रतिवेदन तयार पारेर पेस गर्ने जानकारी दिए ।

साइटमा उपस्थित अर्का अधिकारीले भने, “मन्नतका कर्मचारीहरूले टोलीलाई नवीकरण कार्यको लागि आवश्यक सबै कागजातहरू र अनुमतिहरू चाँडै पेस गर्ने बताएका छन् ।”

यसैबीच शाहरुखकी म्यानेजर पूजा ददलानीले कुनै गुनासो नभएको बताइन् । उनले निर्माण कार्य निर्धारित निर्देशिकाअनुसार भइरहेको बताइन् ।

पूर्व आईपीएस अधिकारीले उठाएका थिए प्रश्न

पूर्व आईपीएस अधिकारी तथा वकिल वाईपी सिंहले शुक्रबार निर्माणमाथि प्रश्न उठाएका थिए । सिंहले भने, “मन्नतको मूल नाम भिल्ला भियना थियो । यो एक सम्पदा संरचना हो । पछि यसको नाम परिवर्तन गरिएको थियो ।”

सिंहका अनुसार सन् २००५ मा बंगलाको पछाडि सात तल्ले भवन निर्माण गरिएको थियो । त्यतिबेला शहरी जग्गा सीमा ऐन लागू थियो । यसअन्तर्गत ठूलो भवन निर्माण गर्न सकिँदैनथ्यो । यो अवस्थाबाट बच्न बीएमसीबाट १२ वटा साना फ्ल्याटको लागि स्वीकृति लिइएको थियो । स्वीकृति पाएपछि यी फ्ल्याटहरूलाई जोडेर ठूलो विलासी घर बनाइएको थियो ।

वाईपी सिंहले नगरपालिकाका अधिकारीहरूको मिलेमतो बिना यो कारबाही हुन नसक्ने आरोप लगाए । अब यो ऐन खारेज भइसकेको छ, त्यसबेला गरिएको कारबाही अझै पनि मान्य मानिन्छ ।

वाईपी सिंहले यो पनि भने, “मन्नतका मालिकहरूले यी १२ वटा फ्ल्याटहरू फेरि छुट्याउनु आवश्यक छ । यसले सामूहिक आवासको उद्देश्य पूरा गर्नेछ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register