भारतीय दूतावासको पहलमा विभिन्न शहरमा मनाइयो योग दिवस

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको समन्वयमा विभिन्न शहरहरूमा ११औं अन्तर्राष्ट्रिय योग दिवस २०२५ भव्य रूपमा मनाइएको छ । “एक पृथ्वी, एक स्वास्थ्यको लागि योग” भन्ने नाराका साथ देशभर दश वटा भन्दा बढी स्थानहरूमा आकर्षक योग कार्यक्रमहरू आयोजना गरिएको हो । राजदूतावासले यस वर्षको योग दिवसका गतिविधिहरू ७५ दिनअघिदेखि नै सुरु […]

Jun 21, 2025 - 12:57
 0
भारतीय दूतावासको पहलमा विभिन्न शहरमा मनाइयो योग दिवस

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको समन्वयमा विभिन्न शहरहरूमा ११औं अन्तर्राष्ट्रिय योग दिवस २०२५ भव्य रूपमा मनाइएको छ ।

“एक पृथ्वी, एक स्वास्थ्यको लागि योग” भन्ने नाराका साथ देशभर दश वटा भन्दा बढी स्थानहरूमा आकर्षक योग कार्यक्रमहरू आयोजना गरिएको हो ।

राजदूतावासले यस वर्षको योग दिवसका गतिविधिहरू ७५ दिनअघिदेखि नै सुरु गरेको थियो । पहिलो शुभारम्भ कार्यक्रम २०८१ चैत २५ गते पशुपतिनाथ मन्दिरमा योग प्रदर्शनसहित सम्पन्न भएको थियो । त्यसयता भारतीय सेनाका पूर्वसैनिकहरूको सहभागितामा काठमाडौंस्थित ईसीएचएस पोलिक्लिनिक, नेपाली सेनाको मुख्यालय मैदानलगायत स्थानहरूमा योग सत्रहरू सञ्चालन गरियो ।

युनेस्को विश्व सम्पदा क्षेत्रहरू पशुपतिनाथ मन्दिर, काठमाडौं दरबार स्क्वायर, बौद्धनाथ, स्वयम्भूनाथ, चाँगुनारायण र पाटन दरबार स्क्वायरमा विशेष योग प्रदर्शन गरिएको राजदूतावासले जनाएको छ ।

युवाहरूलाई केन्द्रित गर्दै २०८२ जेठ ३० गते केन्द्रीय विद्यालय परिसरमा १५० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा योग सत्र सम्पन्न भएको छ । कार्यक्रममा “सात्विक आहार” सम्बन्धी जानकारीमूलक प्रस्तुति पनि दिइएको थियो ।

राजदूतावासले जनकपुर, चितवन, वीरगञ्ज, हेटौँडा, रौतहट र बरियारपुरमा पनि योग दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register