कनकाई–७ मा छात्रछात्रालाई साइकल, विकासले गति लिँदै

चन्द्र बस्नेतकनकाई, ७ असार । झापाको कनकाई नगरपालिका वडा नम्बर ७ ले वडामा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई साइकल वितरण गरेको छ। वडाका सामुदायिक विद्यालयमा अध्यनरत आदिवासि जनजाति विद्यार्थीलाई शुक्रबार वडा कार्यलयमा एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै साइकल वितरण गरिएको हो । आदिवासि जनजाति महासंघ वडा समन्वय समिति तथा वडाका १० वटै टोलको सिफारिसको आधारमा [...] The post कनकाई–७ मा छात्रछात्रालाई साइकल, विकासले गति लिँदै appeared first on Jhapa Online.

Jun 21, 2025 - 03:05
 0
कनकाई–७ मा छात्रछात्रालाई साइकल, विकासले गति लिँदै

चन्द्र बस्नेत
कनकाई, ७ असार ।
झापाको कनकाई नगरपालिका वडा नम्बर ७ ले वडामा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई साइकल वितरण गरेको छ। वडाका सामुदायिक विद्यालयमा अध्यनरत आदिवासि जनजाति विद्यार्थीलाई शुक्रबार वडा कार्यलयमा एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै साइकल वितरण गरिएको हो ।

आदिवासि जनजाति महासंघ वडा समन्वय समिति तथा वडाका १० वटै टोलको सिफारिसको आधारमा सामुदायिक विद्यालयमा अध्ययरत १२ जना छात्रछात्रालाई साइकल वितरण गरिएको वडा अध्यक्ष भीष्मभुषण सिटौलाले जानकारी दिनुभयो । वडामा प्राप्त बजेटको सदुपयोग गर्दै सकेसम्म काम गरिएको उहाँले बताउनुभयो ।

वडामा भौतिक पूर्वधार अन्तर्गत सडक निर्माण देखि युवा, विद्यार्थी, विपन्न, महिला, दलित, अल्पसंख्यक तथा पिछडिएको वर्ग, जेष्ठ नागरिक, कृषि, स्वास्थ्य, शिक्षा लगायत माग र आवश्यकताका आधारमा विभिन्न संघ–संस्थालाई समेत मिलाएर बजेटको व्यवस्थापन गरिएको वडाध्यक्ष सिटौला बताउनुहुन्छ । पछिल्लो समय युवा वर्ग विदेशिने अनि गाउँघरमा जेष्ठ मातापिता र बालबालिका मात्रै रहको अवस्थामा यहाँ युवालाई स्वदेमै टिकाउन र कृषि क्षेत्रको प्रबद्र्धन गर्न लागिपरेको वडा अध्यक्ष सिटौलाले बताउनुभयो । वडा कार्यलयले अति विपन्न भएका घर–परिवारलाई मिटर बक्स निरन्तर वितरण गरेको छ । छ हजारभन्दा बढी जनसंख्या तथा ११ सय ९४ घर धुरी रहेको वडामा विपन्नलाई उपचारका लागि वडाले ५ हजारका दरले औषधि खर्च उपलब्ध गराउँदै आएको अध्यक्ष सिटौला बताउनुहुन्छ ।

वडाले चालू आर्थिक वर्षमा जेष्ठ नागरिक तर्फ जेष्ठ नागरिक सम्मान, जेष्ठ नागरिक अवलोकन भ्रमण, स्वास्थ्य शिविर, महिला तथा युवा युवती लक्षित आत्मनिर्भर बन्ने कार्यक्रममा अन्तर्गत ब्युटिसियन, ड्राइभिङ्ग, इलेक्ट्रीसियन, प्लबिङ्ग, झोला तथा माला बनाउने तालीम, सेनेटरी प्याड तथा गुडिया बनाउने तालीम, फिनेल, हर्पिक, सरफ तथा साबुन बनाउने तालिम, क्षमता अभिवृद्धि अन्तर्गत माइन्यूट लेखन तथा उद्घघोषण तालिम, विद्यार्थीतर्फ कम्युटर तालिम समेत दिएको वडा सदस्य अरुणा सुब्बाले जानकारी दिनुभयो ।

कृषि अन्तर्गत तरकारी खेती गर्ने कृषकलाई मल्चिङ्ग पाल्स्टिक वितरण, सिँचाइका लागि मोटर, मकै छोडाउने तथा रोप्ने मिसिन, स्प्रेट्याङ्की, हाते हलो तथा काँटा समेत वितरण गरिएको वडा सदस्य निर्मल आङ्थुपोले बताउनुभयो ।

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाले कृषि उत्पादनमा नै जोड दिँदै नगरका सबै वडामा प्राथमिकता राखेको बताउनुभयो । उहाँले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउनुका साथै अग्र्यानिक कृषि उत्पादनलाई विशेष जोड दिइएको सुनाउनुभयो । करिब ५७ हजारभन्दा बढी जनसंख्या रहेको कनकाईमा नगरपालिकामा सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरे पनि कृषिमा आत्मनिर्भर बनाउने नीति लिइएको छ ।

The post कनकाई–७ मा छात्रछात्रालाई साइकल, विकासले गति लिँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register