शेर्पाबिनै सगरमाथा चढ्ने पहिलो नेपाली महिला बनिन् पार्वती

काठमाडौं । रसुवाको आमाछोदिङमो–४ की पार्वती जोशीले शेर्पाबिना नै सगरमाथा चढेर ऐतिहासिक सफलता हासिल गरेकी छन् । मे १९ मा सगरमाथाको शिखरमा पाइला टेक्दै यस्तो उपलब्धि हासिल गर्ने पहिलो नेपाली महिला बन्न सफल भएकी हुन् । पार्वतीको यो सफलता नेपाली पर्वतारोहण क्षेत्रमा एक ऐतिहासिक मोड साबित भएको छ । सगरमाथा आरोहणका क्रममा सामान्यतः अनुभवी शेर्पाहरूको […]

Jun 5, 2025 - 10:21
 0
शेर्पाबिनै सगरमाथा चढ्ने पहिलो नेपाली महिला बनिन् पार्वती

काठमाडौं । रसुवाको आमाछोदिङमो–४ की पार्वती जोशीले शेर्पाबिना नै सगरमाथा चढेर ऐतिहासिक सफलता हासिल गरेकी छन् । मे १९ मा सगरमाथाको शिखरमा पाइला टेक्दै यस्तो उपलब्धि हासिल गर्ने पहिलो नेपाली महिला बन्न सफल भएकी हुन् ।

पार्वतीको यो सफलता नेपाली पर्वतारोहण क्षेत्रमा एक ऐतिहासिक मोड साबित भएको छ । सगरमाथा आरोहणका क्रममा सामान्यतः अनुभवी शेर्पाहरूको सहयोग लिइन्छ, तर पार्वतीले सम्पूर्ण यात्रा स्वयंको योजना, मार्गनिर्देशन र साहसको भरमा सम्पन्न गरेकी हुन् ।

उनले अप्रिल २०, २०२५ मा काठमाडौंबाट यात्रा सुरु गरेकी थिइन् भने आरोहण गरिसकेर मे २४ मा फर्किएकी थिइन् । पर्वतारोहणका क्रममा उनले कुनै पनि सहायक शेर्पाविना यात्रा सम्पन्न गरेकी हुन् ।

१९९२ डिसेम्बर २४ मा जन्मिएकी पार्वती प्रारम्भदेखि नै खेलकुदप्रति रुचि राख्थिन् । राष्ट्रिय स्तरमा भलिबल खेलकी उनी ट्रेकिङप्रति पनि आकर्षित भइन् । Intrepid Travel नामक अन्तर्राष्ट्रिय ट्राभल कम्पनीमा प्रमाणित ट्रेकिङ गाइडको रूपमा कार्यरत जोशीले सन् २०१६ मा आधारभूत पर्वतारोहण तालिम लिएकी थिइन् भने सन् २०२० मा एडभान्स कोर्स पनि पूरा गरेकी हुन् ।

उनी भन्छिन्, “जब पर्वतारोहणको तालिम लिएँ, तब लाग्यो अब सगरमाथा पनि चढ्न सक्छु ।”

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register