सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली महिलाको चरित्र हत्या गर्ने कार्यमा संलग्न एक भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। विद्युतीय कारोबार ऐन अन्तर्गतको गम्भीर साइबर अपराधमा अभियुक्त भारत बिहार राज्यको बेतिया जिल्ला स्थायी घर भएका २० वर्षीय अम्मरनाथ कुमारलाई पक्राउ गरिएको हो। साइबर ब्युरोका अनुसार कुमारले फेसबुकमा पीडित महिलासँग साथीू बनेर नियमित रूपमा कुराकानी गर्न […]

Jun 22, 2025 - 13:01
 0
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौँ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली महिलाको चरित्र हत्या गर्ने कार्यमा संलग्न एक भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। विद्युतीय कारोबार ऐन अन्तर्गतको गम्भीर साइबर अपराधमा अभियुक्त भारत बिहार राज्यको बेतिया जिल्ला स्थायी घर भएका २० वर्षीय अम्मरनाथ कुमारलाई पक्राउ गरिएको हो।

साइबर ब्युरोका अनुसार कुमारले फेसबुकमा पीडित महिलासँग साथीू बनेर नियमित रूपमा कुराकानी गर्न थालेका थिए। म्यासेन्जरमार्फत सञ्चालित संवादका क्रममा उनले गोप्य रूपमा पीडितको अश्लील तस्बिर र भिडियोहरू स्क्रिन रेकर्ड गरेका थिए। ती सामग्रीहरूलाई उनले पछि एक फेक फेसबुक एकाउन्ट बनाएर पीडित महिलाको परिवारका सदस्यहरूलाई पठाएका थिए। यसरी उनले पीडितको सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्‍याउने काम गरेका थिए।

साइबर ब्युरोले प्रारम्भिक अनुसन्धानबाट अभियुक्तको डिजिटल गतिविधि, आईपी लोकेशन र प्राविधिक प्रमाणहरूको विश्लेषण गरी दोषीको पहिचान गरेको थियो। त्यसपछि ब्युरोबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनलाई धादिङको धुनिवेशी नगरपालिका–८, खानीखोलाबाट पक्राउ गरेको हो।

साइबर ब्युरोका प्रवक्ता दीपक अवस्थीका अनुसार, “यो घटना विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको गम्भीर साइबर अपराध हो। पीडित महिलाको अनुमति विना व्यक्तिगत तथा संवेदनशील तस्बिर र भिडियोहरू रेकर्ड गर्नु र त्यसलाई दुर्भावनापूर्वक प्रयोग गर्नु कानुनले निषेध गरेको छ।

हाल अभियुक्तलाई जिल्ला अदालत काठमाडौंको आदेशमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ, जसअनुसार दोष प्रमाणित भएमा दुई वर्षसम्म कैद र जरिवानाको व्यवस्था छ।

प्रहरीका अनुसार यस्तो प्रकृतिको अपराध पछिल्लो समय बढ्दो क्रममा रहेको छ। सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत गोपनीयता र सतर्कता कायम राख्न सबैलाई आग्रह गरिएको छ।

साइबर सुरक्षा विज्ञहरूका अनुसार, प्राविधिक पहुँचका माध्यमबाट पीडितको व्यक्तिगत सूचना, तस्बिर वा संवाद अनधिकृत रुपमा संकलन गरेर सार्वजनिक गर्नु वा तेस्रो पक्षमा पठाउनु साइबर हिंसा र डिजिटल दुरुपयोगको गम्भीर रूप हो, जुन विशेषगरी महिला र किशोरीहरूप्रति लक्षित भइरहेका छन्।

नेपाल प्रहरीले यस्ता घटनामा चासो दिँदै साइबर ब्युरोको सशक्तिकरण र डिजिटल अपराध अनुसन्धानलाई प्राथमिकता दिएको बताएको छ। साइबर ब्युरोले नागरिकहरूलाई सचेत गराउँदै फेसबुक लगायतका सामाजिक सञ्जालमा अपरिचितसँग व्यक्तिगत जानकारी साटासाट गर्दा विशेष सतर्कता अपनाउन समेत सुझाव दिएको छ।

यस घटनाले साइबर हिंसाको जोखिम र सीमा विहीन डिजिटल दुरुपयोगप्रति समाज, सरकार र सुरक्षा संयन्त्रहरू थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register