सम्पत्ति शुद्धीकरण मुद्दा : कांग्रेस नेता गणेश लामाले पाए सर्वोच्च अदालतबाट सफाइ

काठमाडौं । विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका काभ्रेका कांग्रेस नेता गणेश लामाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले लामालाई सफाइ दिएको हो । विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासबाट दोषी ठहर […]

Jun 23, 2025 - 13:19
 0
सम्पत्ति शुद्धीकरण मुद्दा : कांग्रेस नेता गणेश लामाले पाए सर्वोच्च अदालतबाट सफाइ

काठमाडौं । विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका काभ्रेका कांग्रेस नेता गणेश लामाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।

विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले लामालाई सफाइ दिएको हो ।

विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासबाट दोषी ठहर भएका लामालाई १ वर्ष कैद, बिगो बराबरको सम्पत्ति जफत गरी त्यति नै जरिवाना हुने फैसला भएको थियो ।

सर्वोच्च अदालतको फैसलासँगै लामाको सम्पत्ति वैध बनेको छ ।

लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बराबरको रकम विभिन्न आपराधिक क्रियाकलापबाट कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा २०७० जेठ ५ मा मुद्दा दायर गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register