दाबी भुक्तानीबारे चौतर्फी गुनासो बढेको सूर्यज्योतिको कार्यक्रममा पुगेर प्राधिकरण अध्यक्षले के भने ?

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले टर्म इन्स्योरेन्समा जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ-कर्जा’ सेवा सुरु गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले टर्म इन्स्योरेन्समा जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका हुन् ।  उनले टर्म इन्स्योरेन्स सबैभन्दा प्रभावकारी बीमा भएको उल्लेख गरेका […]

Apr 7, 2025 - 13:53
 0
दाबी भुक्तानीबारे चौतर्फी गुनासो बढेको सूर्यज्योतिको कार्यक्रममा पुगेर प्राधिकरण अध्यक्षले के भने ?

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले टर्म इन्स्योरेन्समा जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ-कर्जा’ सेवा सुरु गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले टर्म इन्स्योरेन्समा जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका हुन् । 

उनले टर्म इन्स्योरेन्स सबैभन्दा प्रभावकारी बीमा भएको उल्लेख गरेका छन् । सबैभन्दा प्रभावकारी बीमा भएकाले पनि टर्म इन्स्योरेन्सलाई बीमा कम्पनीहरुले प्राथामिकता दिएर काम गर्नुपर्ने ओझाको भनाई छ । 

त्यस्तै, अध्यक्ष ओझाले सूर्यज्योतिले सुरुवात गरेका नयाँ सेवाको प्रशंसा गर्दै बीमा कम्पनीहरुले डिजिटल प्रणालीमार्फत सेवाको दायरा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । उनले टर्म इन्स्योरेन्सलाई ब्रान्च स्तरमा दिइने लक्ष्य समेट्न पनि आग्रह गरेका छन् । 

कार्यक्रममा अध्यक्ष ओझाले नयाँ सेवाको सुरुवात गरेकोमा सूर्यज्योतिलाई बधाई दिँदै सेवा तथा योजनाको सही कार्यान्वयन गर्न पनि आग्रह गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register