सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका-१० निबुवा टोलमा सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार स्थानीय गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साह मृत्यु भएको हो । दुवै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ […]

Jun 25, 2025 - 05:39
 0
सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका-१० निबुवा टोलमा सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार स्थानीय गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साह मृत्यु भएको हो ।

दुवै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टी ट्यांकीमा खसेका थिए ।

उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि अस्पतालमा लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेको नायब उपरीक्षक राईले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी ले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register