बार्सिलोनालाई हराउँदै इन्टर फाइनलमा

काठमाडौं । पाँच पटकको विजेता स्पेनिस क्लब बार्सिलोनालाई हराउँदै इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सानसिरोमा बुधबार बिहान भएको खेलमा घरेलु टोली इन्टरले बार्सिलोनालाई इन्टर मिलानले ४– ३ गोल अन्तरले हरायो । यससँगै तीन पटकको विजेता इन्टर समग्रमा ७–६ गोलले विजयी भएको छ । बार्सिलोनामा भएको पहिलो लेग […]

May 7, 2025 - 05:45
 0
बार्सिलोनालाई हराउँदै इन्टर फाइनलमा

काठमाडौं । पाँच पटकको विजेता स्पेनिस क्लब बार्सिलोनालाई हराउँदै इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सानसिरोमा बुधबार बिहान भएको खेलमा घरेलु टोली इन्टरले बार्सिलोनालाई इन्टर मिलानले ४– ३ गोल अन्तरले हरायो ।

यससँगै तीन पटकको विजेता इन्टर समग्रमा ७–६ गोलले विजयी भएको छ । बार्सिलोनामा भएको पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो ।

खेलको २१ औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लाउटारो मार्टिनेजको गोलमा घरेलु टोली इन्टर मिलानले अग्रता लियो ।

पहिलो हाफको अतिरिक्त समयमा इन्टरका लागि हाकान चाल्हानोग्लुले पेनाल्टीमा गोल गरे ।

दोस्रो हाफको १५ औं मिनेटमै बार्सिलोनाले खेल बराबरीमा ल्यायो । ५४ औं मिनेटमा जेरार्ड मार्टिनको क्रसमा एरिक गार्सियाले गोल गर्दै बार्सालाई खेलमा फर्काए । लगत्तै ६० औं मिनेटमा मार्टिनकै पासमा ड्यानी ओल्मोको हेडर गोल भएपछि खेल बराबरीमा आयो ।

खेलको ८७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर अतिरिक्त समयमा इन्टरले बराबरी गोल फर्कायो । फ्रान्सेस्को अचेर्बीले पहिले टचमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याए । यसपछि ९९ औं मिनेटमा डेभिडे फ्रातेसीले गोल गल्दै इन्टरलाई फाइनलमा पुर्याए ।

बुधबार हुने दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनल र पेरिस सेन्ट जर्मेन (पीएसजी) खेल्नेछन् । पहिलो लेग पीएसजीले १–० ले जितेको थियो ।

अब इन्टरले पीएसजी र आर्सनलबीचको विजेतासँग मे ३१ मा फाइनल खेल्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register