पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटी माग

काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटी मागेको छ । न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले उनलाई बुधबार धरौटी मागेको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालमाथिको मुद्दाको बुधबार विशेष अदालतमा धुनछेक बहस भएको थियो । नेपालका तर्फबाट ५ जना वकिलले बहस […]

Jun 25, 2025 - 16:43
 0
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटी माग

काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटी मागेको छ ।

न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले उनलाई बुधबार धरौटी मागेको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालमाथिको मुद्दाको बुधबार विशेष अदालतमा धुनछेक बहस भएको थियो ।

नेपालका तर्फबाट ५ जना वकिलले बहस गरेका थिए । पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती, गोविन्द बन्दीले उनलाई बिनाशर्त रिहाइ गर्न माग गरेका हुन् ।

सरकारी वकिलहरूले भने नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए ।

काभ्रेस्थित पतञ्जलि योगलाई हदबन्दीभन्दा बढीको जग्गा सट्टपट्टा गर्न दिएको प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

आयोगले नेता नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरेको थियो ।

सो बेला नेता नेपालले आफूविरुद्ध सुरुदेखि नै षड्यन्त्र भएको र राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको आरोप लगाएका थिए । उनले अदालतले न्याय दिने विश्वास व्यक्त गरेका थिए ।

एक कार्यक्रममा नेपालले भनेका थिए, ‘हाम्रो पार्टीको भूमिका देखेर केही साथि, व्यक्ति आत्तिएका छन् । पूर्वाग्रह राखेर बसेका छन् । बदलाको भावनाले उनीहरुलाई पोलिरहेको छ । त्यसको उदाहरण भर्खरै सुन्नुभयो ममाथि भ्रष्टाचारको मुद्दा लगाइएको छ ।’

यी हुन् पूर्वप्रधानमन्त्री नेपालसहितका प्रतिवादी :

माधवकुमार नेपाल

तत्कालीन कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंह

तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्व. डम्बर श्रेष्ठ र निजको छोरा सन्तोष श्रेष्ठ

तत्कालीन मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे र निजको श्रीमती कमला घिमिरे

भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिवहरु जीतबहादुर थापा र लालमणि जोशी

भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव (कानून) कलानिधी पौडेल, उपसचिवहरु गान्धी प्रसाद सुवेदी र हुपेन्द्रमणि केसी
भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ

भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन उपसचिव राजाराम थापा, शाखा अधिकृत सिताराम पोखरेल र नायव सुब्बा वुद्धिबहादुर कार्की

मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देसार

मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायब सुब्बा केदारनाथ भट्टराई र खरिदार मोहनराम शर्मा

मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन प्रमुख मालपोत अधिकृत जनार्दन गुरागाईँ, मालपोत अधिकृत वेद प्रसाद अर्याल, शाखा अधिकृत (विशेष) शिवहरी शर्मा

सुवेदी, नायब सुब्बाहरु विनोद कोइराला, तुलामणि राजभण्डारी, कृष्ण प्रसाद सापकोटा र खरिदार हरिप्रसाद हुमागाईँ

तत्कालीन सनराईज बैंक लिमिटेडका जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, उप–प्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोईराला, प्रमुख व्यवस्थापक रविन कुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख संजय कुमार सिद्धी, अनुपालन विभागमा कार्यरत सुनिल रत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्ट

पतञ्जलि योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह

भोज राज शर्मा वाग्ले

जीवन राज कडेल

ध्रुव राज थापा

मनु घिमिरे

ओम प्रकाश वंशल

भिमदत्त जोशी

वीरेन्द्रलाल श्रेष्ठ

लक्ष्मण कार्की

मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देसार, शाखा अधिकृत (विशेष) नवराज बस्नेत, नायब सुब्बा रामकृष्ण खत्री, खरिदार बद्रिप्रसाद हुमागाईं

मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत वेदप्रसाद अर्याल, शाखा अधिकृत उमेश राज दाहाल र नायब सुब्बाहरु तुलामणि राजभण्डारी, जिव रमण उप्रेती र मोहन प्रसाद पराजुली

चौतारामा प्रा.लि. तथा उक्त कम्पनीका संस्थापक सदस्यहरु विश्वरत्न शाक्य, शेखर कुमार राणा

स्व.राधेश्याम सराफ र उनका छोरा अरुणकुमार सराफ

पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह

गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन वरिष्ठ सहायक पवन आचार्य

तत्कालीन सनराईज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किशोरकुमार महर्जन, सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम विभागका अधिकृत सुजित पोखरेल, शाखा प्रबन्धक राजीब सापकोटा, अधिकृत ममता पराजुली

मृत्यु भइसकेका तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरेको सट्टा उनकी श्रीमती कमला घिमिरेलाई बिगो असुल्नका लागि प्रतिवादी बनाइएको छ । यस्तै, तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्व. डम्बर श्रेष्ठको हकमा उनका छोरा सन्तोष श्रेष्ठलाई प्रतिवादी बनाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register