उत्पादनमूलक उद्योगपछि  दक्ष जनशक्ति उत्पादनमा लाग्यौँ : चन्द्र ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले उत्पादनमूलक उद्योगपछि आफ्नो समूह दक्ष जनशक्ति उत्पादनमा केन्द्रित भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष समेत रहेका ढकालको आइएमई ग्रुपले  वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादनको लक्ष्य सहित मंगलबारबाट प्राविधिक शिक्षालय समेत सञ्चालनमा ल्याएको छ । उद्घाटन समारोहमा उनले भनेका छन्,’ आज उद्घाटन गरिएको यस काठमाडौं टेक्निकल […]

Mar 25, 2025 - 10:41
 0
उत्पादनमूलक उद्योगपछि  दक्ष जनशक्ति उत्पादनमा लाग्यौँ : चन्द्र ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले उत्पादनमूलक उद्योगपछि आफ्नो समूह दक्ष जनशक्ति उत्पादनमा केन्द्रित भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष समेत रहेका ढकालको आइएम ग्रुपले  वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादनको लक्ष्य सहित मंगलबारबाट प्राविधिक शिक्षालय समेत सञ्चालनमा ल्याएको छ ।

उद्घाटन समारोहमा उनले भनेका छन्,’ आज उद्घाटन गरिएको यस काठमाडौं टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको छ । यस स्कुलले थप हजारौँ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा यहाँहरूमा जानकारी गराउन चाहन्छु ।’

नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको सुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने उनले बताए । ‘आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेसनलहरू उत्पादन गर्ने लक्ष्यका साथ हामीले यो पहल लिएका हौँ,’ उनले भने ।

यसका लागि यस स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरू सञ्चालन गर्ने उनको भनाइ छ ।

विद्यालय तहको अनिवार्य शिक्षा हासिल गरिसकेपछि प्राविधिक विषयको अध्ययन वा तालिम लिँदै रोजगार वा स्वरोजगारको वातावरण बनाउन आवश्यक रहेको उनले बताए ।

सीटीईभीटीमा मात्र सिमित प्राविधिक तथा व्यावसायिक शिक्षामा अहिले स्वदेशी तथा विदेशी विश्वविद्यालयहरूको समेत प्रवेश भएको भन्दै यसको आवश्यकता बढेको उनले बताए । ‘स्वदेशमा रोजगार वा स्वरोजगार हुन नचाहेर विदेशै जान चाहे पनि यदि सीप छ भने राम्रो काम र उच्च ज्याला वा तलब पाइने अवस्था रहन्छ । अहिले देशले प्राप्त गरेको रेमिट्यान्सको परिमाणमा पनि यसले सकारात्मक प्रभाव पार्ने छ । यस्ता कुरामा हस्तक्षेप गरी युवाहरूलाई सीपले सुसज्जित गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।

सीप सहित मात्र नेपालीलाई आन्तरिक रोजगारी तथा वैदेशिक रोजगारमा संलग्न हुने कानुनी प्रबन्ध गरेमा काठमाडौँ टेक्निकल स्कुल जस्ता प्राविधिक सीप दिने थप विद्यालयहरू देशै भरी खुल्ने उनले बताए ।

काठमाडौं टेक्निकल स्कुल त्यही परिवर्तनको संवाहकको उद्देश्य सहित स्थापना भएको ढकालको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register