नेपाल प्रहरीको डिएसपी हुँ भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ।  नेपाल प्रहरीको डिएसपी हुँ भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-८ बस्ने ४५ वर्षीय ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ र काठमाडौँ कलंकी बस्ने सुनसरी इटहरी उपमहानगरपालिका-४ पाँचघरे घर भएका ४२ वर्षीय रेवती ओझा रहेका छन् ।  नेपाल प्रहरीको डिएसपी हुँ भनी प्रहरी हिरासतमा रहेका […]

Jun 11, 2025 - 14:35
 0
नेपाल प्रहरीको डिएसपी हुँ भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ। 

नेपाल प्रहरीको डिएसपी हुँ भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-८ बस्ने ४५ वर्षीय ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ र काठमाडौँ कलंकी बस्ने सुनसरी इटहरी उपमहानगरपालिका-४ पाँचघरे घर भएका ४२ वर्षीय रेवती ओझा रहेका छन् । 

नेपाल प्रहरीको डिएसपी हुँ भनी प्रहरी हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै ६ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register