डब्लुथ्री टेक्नोलोजीको ‘डब्लुथ्री रिजर्भेसन’ सफ्टवेयर लञ्च, बन्यो गुगलको अफिसियल पार्टनर

लन्डन- नेपालीहरुद्धारा सञ्चालित सफट्वेर डेभलेपमेन्ट कम्पनी ‘डब्लुथ्री वेब टेक्टोनोलोजी‘ को टेबल रिजर्भेसन एप ‘डब्लुथ्री रिजर्भेसन‘ ले गुगलसंग साझेदारी शुरु गरेको छ। रेष्टुरेन्ट टेबल रिजर्भेसनका लागि डब्लुथ्रीले विकास गरेको अत्याधुनिक एप र गुगलबीच व्यवसायिक साझेदारीको सम्झौता भएको कम्पनीका म्यानेजिङ डाइरेक्टर महेन्द्रविक्रम कुंवरले नेपालीलिंकलाई जानकारी दिए । गुगलसंगको साझेदारीपछि डब्लुथ्री रिजर्भेसनमार्फत् रेष्टुरेन्ट टेबल बुकिङ निकै सरल, सहज […]

Jun 26, 2025 - 19:12
 0
डब्लुथ्री टेक्नोलोजीको ‘डब्लुथ्री रिजर्भेसन’ सफ्टवेयर लञ्च, बन्यो गुगलको अफिसियल पार्टनर

लन्डन- नेपालीहरुद्धारा सञ्चालित सफट्वेर डेभलेपमेन्ट कम्पनी ‘डब्लुथ्री वेब टेक्टोनोलोजी‘ को टेबल रिजर्भेसन एप ‘डब्लुथ्री रिजर्भेसन‘ ले गुगलसंग साझेदारी शुरु गरेको छ।

रेष्टुरेन्ट टेबल रिजर्भेसनका लागि डब्लुथ्रीले विकास गरेको अत्याधुनिक एप र गुगलबीच व्यवसायिक साझेदारीको सम्झौता भएको कम्पनीका म्यानेजिङ डाइरेक्टर महेन्द्रविक्रम कुंवरले नेपालीलिंकलाई जानकारी दिए ।

गुगलसंगको साझेदारीपछि डब्लुथ्री रिजर्भेसनमार्फत् रेष्टुरेन्ट टेबल बुकिङ निकै सरल, सहज र प्रभावकारी बन्ने कुंवरले बताए ।

डब्लूथ्री रिजर्भेसन एप सब्सक्राइब गर्ने रेष्टुरेन्टको बुकिङ अब गुगलबाटै गर्न सकिन्छ । त्यसको अर्थ बुकिङका लागि सो रेष्टुरेन्टको वेवसाइटसम्म गइरहनुपर्ने झञ्झट हुंदैन । जसले गर्दा बुकिङ प्रक्रिया सरल र सहज त हुन्छ नै । रेष्टुरेन्टको पहुंच र व्यवसाय विस्तारको सम्भावना पनि सिधै बढ्न जान्छ, उनले भने ।

सफ्टवेयर डेभलेपमेन्टका क्षेत्रमा गुगलसंगको साझेदारी डब्लुथ्री वेव टेक्नोलोजीका लागि एक महत्वपूर्ण उपलब्धि र कोसेढुंगा बनेको कम्पनीका म्यानेजिङ डाइरेक्टर कुंवरको भनाइ छ ।

म्यानेजिङ डाइरेक्टर महेन्द्र विक्रम कुंवर

गुगलसंग साझेदारी शुरु भएको अवसरमा डब्लुथ्री टेक्नोलोजीले डब्लुथ्री रिजर्भेसनको सब्सक्रिप्सनमा विशेष छुट घोषणा गरेको छ । जसअनुसार आगामी जुलाई १५ भित्र साइन अप गर्ने रेष्टुरेन्टलाई पहिलो २ महिना निशुल्क सेवा दिइनेछ । त्यसपछि मासिक ५० पाउण्डका दरले शुल्क लाग्नेछ ।

डब्लुथ्री रिजर्भेसन सब्सक्राइब गर्न वा यसबारे बुझ्न इच्छुक रेष्टुरेन्टहरुले कम्पनीको वेबसाइट वा इमेल र टेलिफोनका माध्यमबाट पनि सम्पर्क गर्न सक्नेछन् ।

बेलायतमै बस्ने नेपालीहरुको पहलमा केही वर्षअघि शुरु भएको डब्लुथ्री टेक्नोलोजी सफ्टवेयर डेभलेपमेन्ट कम्पनी हो । संसारका विभिन्न मुलुकमा २ दर्जन बढी स्टाफ राखेको कम्पनीले संसारभरका ग्राहकलाई सम्पूर्ण आइटी सेवासमेत दिने गरेको छ ।

कम्पनीले निकट भविष्यमा अरु धेरै नयाँ र उपयोगी सफट्वेयरहरु लञ्च गर्ने तयारी भइरहेको जनाएको छ।

 

मार्केटिङ डाइरेक्टर केदार थपलिया

 

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register