क्यानडासँगको व्यापार वार्ता अन्त्य गर्ने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको व्यापार वार्ता ‘तुरुन्तै’ अन्त्य गर्ने बताएका छन् । ट्रम्पले भने, “क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरेर कर लगाउने तयारी गरिरहेको छ ।” अमेरिका र क्यानडा जुलाईको मध्यसम्ममा व्यापार सम्झौतामा सहमति जुटाउने दिशामा काम गरिरहेका बेला ट्रम्पले यो कदम चालेको बीबीसीले जनाएको छ । यस वर्षको सुरुमा अमेरिकी राष्ट्रपतिको […]

Jun 28, 2025 - 04:28
 0
क्यानडासँगको व्यापार वार्ता अन्त्य गर्ने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको व्यापार वार्ता ‘तुरुन्तै’ अन्त्य गर्ने बताएका छन् ।

ट्रम्पले भने, “क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरेर कर लगाउने तयारी गरिरहेको छ ।”

अमेरिका र क्यानडा जुलाईको मध्यसम्ममा व्यापार सम्झौतामा सहमति जुटाउने दिशामा काम गरिरहेका बेला ट्रम्पले यो कदम चालेको बीबीसीले जनाएको छ ।

यस वर्षको सुरुमा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि नै ट्रम्पले ‘व्यापार युद्ध’ सुरु गर्दै आएका छन् । त्यसबेलादेखि दुवै देशले एकअर्काको सामानमा कर लगाएका छन् ।

शुक्रबार ट्रम्पले भने, “प्राविधिक कम्पनीहरूमाथि उच्च करको बारेमा वार्ता समाप्त गर्दैछौं । हामी क्यानडालाई अमेरिकासँग व्यापार गर्न कति कर तिर्नुपर्छ भनेर आगामी सात दिनभित्र बताउनेछौं ।”

यद्यपि, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँग वार्ता जारी राख्ने संकेत गरेका छन् । उनले भनेका छन्, “हामी क्यानडाका जनताको हितमा यी वार्ताहरू जारी राख्नेछौं ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register