दुर्गा प्रसाईंका धर्मगुरु पुष्कर खतिवडा पक्राउ
काठमाडौं । दुर्गा प्रसाईंका धर्मगुरु पुष्कर खतिवडालाई प्रहरीको वेशष टोलीले पक्राउ गरेको छ । उनलाई ललितपुरको इमाडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार भएको हिंसात्मक घटनामा ढुंगा प्रहार गरेको र प्रदर्शनकारीलाई उक्साएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले प्रसाईं उनीसँगै रहेको अनुमानसहित खोजी गरेको थियो । यसअघि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष […]

काठमाडौं । दुर्गा प्रसाईंका धर्मगुरु पुष्कर खतिवडालाई प्रहरीको वेशष टोलीले पक्राउ गरेको छ । उनलाई ललितपुरको इमाडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार भएको हिंसात्मक घटनामा ढुंगा प्रहार गरेको र प्रदर्शनकारीलाई उक्साएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले प्रसाईं उनीसँगै रहेको अनुमानसहित खोजी गरेको थियो ।
यसअघि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, स्वागत नेपाललगायतका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।
What's Your Reaction?






