‘विदेशी ऋण पूँजी निर्माणमा खर्च गरिनेछ’- अर्थमन्त्री

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वाह्य ऋण पुँजी निर्माणमा नै खर्च गरिने बताएका छन् । उनले वैदेशिक ऋण, अनुदानहरुलाई राष्ट्रिय पुँजी निर्माणमा लगाइने बताए । अर्थमन्त्री पौडेलका अनुसार बाह्य ऋण साधारण खर्चका निम्ति खर्च हुनुहुँदैन भन्ने पक्षमा सरकार छ । ‘हामी स्पष्ट हुन जरुरी छ । साधारण खर्चका लागि ऋण लिने होइन ।’, […]

Jun 29, 2025 - 04:36
 0
‘विदेशी ऋण पूँजी निर्माणमा खर्च गरिनेछ’- अर्थमन्त्री

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वाह्य ऋण पुँजी निर्माणमा नै खर्च गरिने बताएका छन् । उनले वैदेशिक ऋण, अनुदानहरुलाई राष्ट्रिय पुँजी निर्माणमा लगाइने बताए ।

अर्थमन्त्री पौडेलका अनुसार बाह्य ऋण साधारण खर्चका निम्ति खर्च हुनुहुँदैन भन्ने पक्षमा सरकार छ । ‘हामी स्पष्ट हुन जरुरी छ । साधारण खर्चका लागि ऋण लिने होइन ।’, उनले भने, ‘पुँजीगत खर्चका लागि लिनुपर्छ । उत्पादन उत्पादकत्व बढाउन ऋण लिनुपर्छ ।’ 

त्यस्तै, अर्थमन्त्री पौडेलले चालु र आगामी आर्थिक वर्षको राष्ट्र ऋणको तुलना गर्दा राजश्वले व्यहोर्ने दायित्व बढाएर प्रस्ताव गरिएको छ । यसको अर्थ ऋणलाई पुँजी निर्माणको क्षेत्रमा खर्च गछौँ भन्ने नै भएको अर्थमन्त्रीले बताएका छन् ।

ऋण लिएर तिर्ने अवस्था अहिले पनि रही रहेको पौडेलको भनाई छ । विगतको दायित्व धेरै भएकाले अहिले संयमित तवरले नै ऋण लिइएको उनले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register