सोमबार २९.८७ अंकले बढ्यो नेप्से, १० अर्बमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २ कम्पनीको एक करोड ८० लाख ८१ हजार १ सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब माथिको सेयर कारोबार भएको छ […]

Feb 17, 2025 - 09:39
 0
सोमबार २९.८७ अंकले बढ्यो नेप्से, १० अर्बमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २ कम्पनीको एक करोड ८० लाख ८१ हजार १ सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३२ करोड ६४ लाख ३५ हजार ३ सय ५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, सोमबार पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज विन नेपालसहित ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register